काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मार्केटिङका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले प्रदेश नं २ र ३ का विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले ३ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पनि प्रदेशन नं १,३,४ र ५ का लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक, क्षेत्रिय प्रबन्धक, उप शाखा प्रमुख, बजार प्रतिनिधिका लागि कर्मचारीको माग गरिएको छ ।
कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको बताएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।