Connect IPS
IME Life

कोरोना बीमाको दावी भुक्तानी एक अर्ब ५० करोड नाघ्यो, दुई हजारबढि फाईल फिर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना बीमाको कूल दावी भुक्तानी एक अर्ब ५० करोड नाघेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार एक अर्ब ५० करोड ११ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी भएको छ ।

भुक्तानी भएको रकम मध्ये राष्ट्रिय बीमा कम्पनीमा बीमा गराएका सरकारी कर्मचारीहरुले जम्मा चार करोड रुपैयाँ भुक्तानी भएको छ भने बाँकी निजि कम्पनीहरु रहेका छन् । बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार कूल १५ हजार ३८१ जनालाई दावी भुक्तानी दिइएको छ । बीमा पुलमा पुगेको कूल २८ हजार २९४ वटा फाईल मध्ये बाँकी फाईलहरु प्रमाणिकरणको प्रक्रियामा रहेको बीम समितिले जनाएको छ ।

Prabhu
Crest

यसैबीच, आवश्यक कागजात नपुगेका दुई हजार ५३ वटा फाईल सम्बन्धित कम्पनीमै फिर्ता गरिएको बीमा समितिले जनाएको छ । त्यस्तै, तीन हजार ५५५ वटा फाईल स्वास्थ्ये सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको छ । पछिल्लो समय कोरोना बीमाको दावी भुक्तानी तीव्र पारिएको छ । कोरोना बीमाको दावी कार्तिक महिनासम्म दावी भुक्तानीमा ठूलो समस्या रहेको कोरोना बीमाको दावी भुक्तानी पछिल्ला दिनहरुमा तीव्र पारिएको हो ।

अनौपचारिक तथ्याङ्क अनुसार कोरोना बीमाको दावी भुक्तानी सात अर्बभन्दा माथि परिसकेको छ । यद्यपि बीमा समितिले बीमा पुलबाट प्राप्त तथ्याङ्कलाई सार्वजनिक गर्दै आएको छ । बीमा समितिले झण्डै तीन अर्ब कोरोना बीमाको दावी परेको तथ्याङ्क मार्फत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS