काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई आगामी पुस १४ गतेदेखि बिदामा बस्ने भएका छन् । अध्यक्ष चापागाई पुस १३ गते अन्तिम दिन काम गरेर बिदा हुन लागेको हुन् । अध्यक्ष चापागाईको कार्यकाल आगामी पुस २३ गतेसम्म भएपनि कार्यकाल सकिनु एक साता अघि नै बिदामा बस्न लागेका हुन् ।
अध्यक्ष चापागाईले एक साताअघिदेखि नै बिदामा बस्ने निर्णय गरेको जानकारी दिए । बार्षिक बिदा समेत बाँकी भएको र अन्तिम अवस्थामा महत्वपूर्ण निर्णय नगर्ने भन्ने उद्देश्यले बिदामा बस्न लागेको जानकारी दिए ।
२०७३ साल पुस १४ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार बीमा समितिको अध्यक्षमा नियुक्त भएका चापागाईको चार वर्षे कार्यकाल सकिएको छ । बीमा समितिमा पुस १३ गते नै बिदाई गर्ने तयारी गरिएको छ ।