IME Life New

पहिलो त्रैमासमा बीमा व्यवसाय ४२ प्रतिशतले बृद्धि, बीमाको पहुँच २२.२ प्रतिशत पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समग्र बीमा व्यवसाय ४२.६ प्रतिशतले बृद्धि भएको छ । अर्थमन्त्रालय अन्तर्गतको आर्थिक नीति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा गत आर्थिक वर्षमा कूल ३४ अर्ब ४२ करोड ४८ लाख बीमा शुल्क संकलन भएकोमा समीक्षा अवधीको यस त्रैमासमा ४९ र्ब १० करोड पुगेको उल्लेख छ ।

त्यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा शुल्क र निर्जिवन बीमा शुल्कको हिस्सा क्रमशः ७९.९ र २०.१ प्रतिशत रहेकोमा यस वर्ष जीवन बीमाको हिस्सा केही घटेर ७४.१ र निर्जिवन बीमाको हिस्सा बढेर २५.९ पुगेको जनाइएको छ ।

Esewa
Crest

त्यस्तै नीति विश्लेषण महाशाखाका अनुसार बीमाको दायरामा आएको जनसंख्या २२.२ प्रतिशत पुगेको जनाएको छ । साथै म्यादी बीमा सहितको बीमाको पहुँच २४.८ प्रतिशत रहेको जनाइएको छ । अघिल्लो आबमा २० प्रतिशतमा सीमित रहेको बीमाको पहुँच यस वर्ष २.२ प्रतिशतले बृद्धि भएको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS