IME Life New

स्वास्थ्य बीमाको दाबी वैज्ञानिक र व्यवस्थित गर्न स्वास्थ्य संस्थाका लागि ७ बुँदे निर्देशन जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको दाबी व्यवस्थापन प्रक्रियालाई थप वैज्ञानिक र व्यवस्थित गर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरुका लागि ७ बुँदे निर्देशन जारी गरेको छ।

बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्यका नाममा परिपत्र जारी गर्दै ती निर्देशन जारी गरेको हो। पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रममा स्वास्थ्य संस्थाले पाउने दाबी भुक्तानीका विषयमा असन्तुष्टि हुन थालेपछि बीमा बोर्डले त्यसलाई व्यवस्थित पार्न यी निर्देशन जारी गरेको हो।

Esewa
Crest

यस्ता छन् निर्देशन

स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस)मा सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले दाबी प्रविष्ट गर्दा भिजिट टाइप अनिवार्य रुपमा इमर्जेन्सी/ओपीडी/रिफरलमध्ये कुन हो भन्ने स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने।

इमर्जेन्सीबाट भर्ना हुने हकमा केयर टाइपमा ओपीडी/आईपीडी भन्ने कोलममा अनिवार्य रुपमा आईपीडी उल्लेख गर्नुपर्ने।

ओपीडीबाट भर्ना हुने हकमा केयर टाइपमा ओपीडी/आईपीडी भन्ने कोलममा अनिवार्य रुपमा आईपीडी उल्लेख गर्नुपर्ने।

रिफरलबाट सेवा लिँदा केयर टाइपमा ओपीडी/आईपीडी भन्ने कोलममा बीमित गएको विभाग (ओपीडी वा आईपीडी) स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने।

इमर्जेन्सीबाट ओपीडीमा सेवा लिनुपर्ने अवस्थामा सोही दिन फरक–फरक क्लेम कोड नआउने भएकाले सोही इमर्जेन्सीको क्लेम कोडमै ओपीडीको सेवा प्रदान गर्नुपर्ने।

बीमितको सदस्यता बहाल रहने अवधिभित्र शिशु जन्मेमा शिशुलाई बीमितको सदस्यता बहाल रहने अवधिसम्मका लागि आमाकै क्लेम कोड प्रयोग गरी सेवा उपलब्ध गराई आवश्यक एक्सप्लानेसन आईएमआईएस प्रणालीमा उल्लेख गर्नुपर्ने।

स्वास्थ्य बीमामा रियल टाइम दाबी गर्नेसम्बन्धी कार्यविधि, २०८० को दफा २(ग) र दफा (३) को व्यवस्थाअनुसार दाबी प्रविष्टिसँग सम्बन्धित कागजात कार्यविधिबमोजिम रियल टाइममै अपलोड गर्नुपर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS