IME Life New

धितोपत्र बोर्डमा हकप्रद शेयर ल्याउन ४ कम्पनीले दिए निवेदन, कुन-कुनले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर ल्याउन ४ कम्पनीले निवेदन दिएका छन्।

धितोपत्र बोर्डमा नेपाल वेयरहाउजिङ कम्पनी, मोदी इनर्जी, कालिञ्चोक दर्शन र हिमालयन हाइड्रोपावरले हकप्रद शेयर ल्याउन अनुमति मागेका हुन्। हाल कायम चुक्तापुँजीको नेपाल वेयरहाउजिङ कम्पनीले १०० प्रतिशत, मोदी इनर्जीले ९०.०३ प्रतिशत, कालिञ्चोक दर्शनले १०० प्रतिशत र हिमालयन हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर ल्याउन अनुमति मागेका छन्।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा १०० रुपैयाँ अंकित दरका कुल ६८ लाख ७५ हजार कित्ता, मोदी इनर्जीले २ करोड ६१ लाख ८ हजार ५०० कित्ता, कालिञ्चोक दर्शनले ६३ लाख कित्ता र हिमालयन हाइड्रोपावरले १ करोड ९ लाख ५० हजार कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई जारी गर्नेछ।

हकप्रद शेयर बिक्री प्रबन्धकमा नेपाल वेयरहाउजिङ कम्पनीको हिमालयन क्यापिटल, मोदी इनर्जीको हिमालयन सेक्युरिटिज बैंकर, कालिञ्चोक दर्शनको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ र हिमालयन हाइड्रोपावरको ग्लोबल आइएमई बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS