IME Life New

शेयर बजारमा ९ महिनामा भित्रियो थप ३४ अर्ब लगानी, बैंकमा करोड माथिको कर्जाको माग बढी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा बैंकहरुबाट थप ३४ अर्ब रुपैयाँ शेयर बजारमा भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैतसम्मको तथ्यांकअनुसार बैंकहरुबाट १ खर्ब २४ अर्ब १० करोड २४ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले चालु आर्थिक वर्षको ७ महिनामा बैंकहरुबाट थप २८ अर्ब ४० करोड ७८ लाख रुपैयाँ शेयर धितो कर्जा गएको हो। असारको तुलनामा चैतसम्म ३७.८ प्रतिशतले शेयर धितो कर्जा बढेको छ।

Crest

चैतसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ८४ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ५१.४ प्रतिशतले बढेको छ।

यसैगरी चैतसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ६४ करोड ११ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ७ अर्ब ९४ करोड १९ लाख रुपैयाँ गएको छ। असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।

गत असारको तुलनामा चैतसम्म ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १९.४ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १५.४ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८.६ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS