IME Life

सिटिजन लाइफको ‘मिसन एक्टिभ क्याम्पियन’ सफलतापूर्वक सम्पन्न, ५६ शाखाले पूरा गरे लक्ष्य

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ‘मिसन एक्टिभ क्याम्पियन’ सफलतापूर्वक सम्पन्न भएको छ । यो अभियान चैत महिनाभरि सञ्चालन गरिएको थियो । यस अभियान अन्तर्गत हरेक शाखाबाट तोकिएको मितिमा तोकिएकै संख्यामा पोलिसी बिक्रीको लक्ष्य राखिएको थियो । जसअन्तर्गत कुल ५६ ब्रान्चले आफ्नो तोकिएको लक्ष्य पुरा गरेका छन् ।

यस अभियान अन्तर्गत १५ वटा ब्रान्चले एकैदिन १०० बढी पोलिसी विक्री गरेका छन् । त्यस्तै, ७ वटा ब्रान्चले एकैदिन ५० वटाभन्दा बढी पोलिसी विक्री गरेका छन् भने बाँकी ३४ वटा ब्रान्चले न्यूनतम टार्गेट पुरा गरेका हुन् ।

Prabhu
Crest

पछिल्लो समय देशैभरका हरेक व्यापार–व्यवसायमा मन्दीको प्रभाव देखिएको छ । हरेक क्षेत्र सुस्त बनेका छन् । यो आर्थिक परिदृश्यको चपेटमा बीमा क्षेत्र पनि अछुतो रहन सकेको छैन। यस्तो जटिल परिवेशमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले उल्लेखनीय व्यापार गर्न सफल भइरहेको छ ।

यो अभियानअन्तर्गत सिटिजन लाइफका १५ वटा शाखाले १०० बढी पोलिसी विक्री गरी लक्ष्य भेट्याएका छन् । लक्ष्य भेट्याउने शाखाहरुमा गाइघाट शाखा, जमल शाखा, बाग्लुङ, पोखरा, स्वयम्भु, बानेश्वर, जितपुर, बालाजू, बुटवल, त्रिपुरेश्वर, नारायणगढ, बिर्तामोड, म्याग्दी, कुश्मा, जनकपुर शाखा कार्यालय हुन् । यी हरेक शाखाले एकैदिन १०० भन्दा बढी बीमा पोलिसी बिक्री गरेका हुन् । आर्थिक मन्दीको अवस्थामा पनि कम्पनीका शाखा कार्यालयहरुले राम्रो व्यापार गरिरहेका छन्।

कम्पनीको जमल शाखा कार्यालयले चैत १८ गते एकैदिन १०२ बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । उक्त शाखाका प्रमुख प्रकाश श्रेष्ठ रहेका छन् ।

कम्पनीको बाग्लुङ शाखा कार्यालयले चैत २२ गते एकै दिनमा १०३ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । उक्त शाखाका शाखा प्रमुख कमला शर्मा छिन् ।

कम्पनीको गाईघाट शाखा कार्यालयले चैत १४ गते एकैदिन १०५ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । गाईघाट शाखा कार्यालयकी प्रमुख मन्जु कुमारी थापा छिन् ।
कम्पनीको पोखरा शाखा कार्यालयले चैत २२ गते एकैदिन १०१ पोलिसी विक्री गरेको छ । उक्त शाखाकी शाखा प्रमुख सरिता पोखरेल हुन् ।

स्वयम्भु शाखा कार्यालयले चैत २३ गते एकैदिन १४३ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाको शाखा प्रमुख कल्पना भण्डारी हुन् ।

जनकपुर शाखाले एकैदिन १०१ पोलिसी विक्री गरेको छ । कम्पनीले चैत ३० गते उक्त पोलिसी विक्री गरेको हो । उक्त शाखाका शाखा प्रमुखमा अरविन्द कुमार झा रहेका छन् ।

कुश्मा शाखा कार्यालयले एकैदिन चैत ३० गते १०१ वटा बीमा पोलिसी विक्री गरेको हो । उक्त शाखाका शाखा प्रमुखमा पुनम शर्मा रहेकी छिन् ।

म्याग्दी शाखा कार्यालयले चैत ३० गते १०३ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा भावना पौडेल सुवेदी रहेकी छिन् ।

बिर्तामोड शाखा कार्यालयले चैत २९ गते एकैदिन १११ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा जमुना कटुवाल रहेकी छिन् ।

नारायणगढ शाखा कार्यालयले चैत २९ गते एकैदिन १५८ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा गोकर्ण कार्की रहेका छन् ।

त्रिपुरेश्वर शाखा कार्यालयले एकैदिन चैत २७ गते १०४ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा दिपक पोखरेल रहेका छन् ।

बुटवल शाखा कार्यालयले एकैदिन चैत २८ गते १११ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा भिम प्रसाद सुवेदी रहेका छन् ।

बालाजू शाखा कार्यालयले एकैदिन चैत २७ गते ११० वटा बीमा पोलिसी विक्री गरेका छन् । उक्त शाखाका शाखा प्रमुखमा मनीषा तामाङ रहेकी छिन् ।

जितपुर शाखा कार्यालयले एकैदिन चैत २७ गते १०१ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा सम्झना आचार्या रहेकी छिन् ।

बानेश्वर शाखा कार्यालयले चैत २५ गते एकैदिन १२६ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा भरत अधिकारी रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS