IME Life
Beema Board

बढ्न सकेन कृषिमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी

SPIL
NIC ASIA

काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तताका कारण कृषि क्षेत्रमा जाने कर्जा प्रभावित भएको तथ्यांकले देखाएको छ । अन्य क्षेत्रभन्दा पनि कृषि क्षेत्रमा कर्जा लगानी निकै नै प्रभावित भएको पाइएको हो । चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कर्जा विस्तारमा जोड दिँदै गर्दा कृषि क्षेत्र तर्फको कर्जा लगानी वृद्धि निकै न्यून देखिन्छ । जसअनुसार औद्योगिक उत्पादनतर्फ उच्च लगानी हुँदा कृषिमा गरिएको कर्जा वृद्धि भने अत्यन्तै कम रहेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।

चालु आवको फागुनको तथ्यांक अनुसार, कृषि क्षेत्रमा गरिएको ऋण लगानी सबैभन्दा कम ०.३ प्रतिशतले मात्रै बढेको छ । गत आवको फागुनसम्ममा २३ अर्ब ३ करोड ९० लाख रुपैयाँ कर्जा कृषि क्षेत्रमा प्रवाह भएको थियो । गत आवको फागुनसम्मको तुलनामा चालु आवको फागुनसम्ममा यो कर्जा ०.३ प्रतिशतले बढेर १२ अर्ब ३ करोड ५० लाख रुपैयाँ पुगेको तथ्यांकमा देखिन्छ । गत आवको फागुनसम्ममा कृषि क्षेत्रमा कर्जा वृद्धि ५.९ प्रतिशत रहेकोमा चालु आवको फागुनसम्ममा भने त्यो निकै न्यून भएको हो ।

Prabhu
Crest

औद्योगिक उत्पादनतर्फ गत आवको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८.७ प्रतिशतले कर्जा लगानी बढेको छ । गत आवको आठ महिनामा ५० अर्ब ८८ करोड ६० लाख रुपैयाँ कर्जा लगानी भएकोमा चालु आवको फागुनसम्ममा त्यो बढेर ६५ अर्ब ४५ करोड २० लाख रुपैयाँ कर्जा लगानी भएको छ ।

मौद्रिक नीतिले चालु आवमा निजी क्षेत्रमा जाने कर्जा ११.६ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । तर बजार माग सिर्जना नभएको, आन्तरिक अर्थतन्त्र सुदृढ हुन नसकेको जस्ता कारणले कर्जा विस्तार भने अपेक्षाकृत बढ्न सकेको छैन । जसको असर अहिले समग्र क्षेत्रलाई परेको तथ्यांकले देखाउँछ । समग्र अर्थतन्त्र नै समस्यामा रहेका समयमा कृषि क्षेत्रमा पनि त्यसको असर परेको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसार, फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब २८ अर्ब १८ करोड (२.८ प्रतिशत) ले बढेको थियो । चालु आवको सुरूवातदेखि नै कृषि क्षेत्रमा कर्जा लगानी बढ्न सकेको छैन । चालु आवको सुरुवातदेखि नै कृषि क्षेत्रमा हुने कर्जा लगानीको वृद्धि घटेको थियो । राष्ट्र बैंकका अनुसार, गत साउनमा ०.९ प्रतिशतले घटेको कर्जा लगानी वृद्धि भदौमा १.२ प्रतिशतले ऋणात्मक थियो । सुरुवाती दुई महिनामा घटेको कर्जा लगानी वृद्धि असोजमा असोजमा ०.४ प्रतिशतले बढेको थियो । तर कृषि क्षेत्रमा कर्जा विस्तार वृद्धि कात्तिकमा ०.९ प्रतिशत र मंसिरमा ०.१ प्रतिशतले घटेको थियो ।  कृषि क्षेत्रमा गरिएको कर्जा लगानी पुसमा १.१ प्रतिशतले बढेको थियो । जुन यस आवको ८ महिनासम्मकै उच्च वृद्धि हो । त्यसपछि माघमा ०.८ प्रतिशत र फागुनमा ०.३ प्रतिशतले यस क्षेत्रतर्फको कर्जा लगानी वृद्धि भएको तथ्यांकमा देखिन्छ ।

आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये सबैभन्दा बढी औद्योगिक क्षेत्रमा वृद्धि भएको छ । औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत साउनमा यस्तो कर्जा १.१ प्रतिशतले मात्रै बढेकोमा फागुनसम्ममा क्रमशः बढ्दै गएको छ । गत भदौमा ३.२ प्रतिशत बढेको यस क्षेत्रमा कर्जा असोजमा ५.१, कात्तिकमा ५.९, मंसिरमा ६.३, पुसमा ८, माघमा ८.८ प्रतिशत बढेको थियो । फागुनमा भने माघको तुलनामा यस क्षेत्रमा जाने कर्जा घटेको छ ।

चालु आवको साउनदेखि फागुनसम्ममा औद्योगिक क्षेत्रपछि यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले बढेको छ । यस्तै निर्माण क्षेत्रतर्फको कर्जा ६ प्रतिशतले बढ्दा उपभोग्य क्षेत्रतर्फको कर्जा ६ प्रतिशतले नै बढेको छ । यस्तै थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार, २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ  अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.६ प्रतिशत र ३५.४ प्रतिशत रहेको थियो ।

यस्तै निर्माण क्षेत्रमा चालु आवको आठ महिनामा १२ अर्ब २४ करोड ९० लाख रुपैयाँ कर्जा लगानी भएको छ । गत आवको आठ महिनामा ११ अर्ब २७ करोड ७० लाख रुपैयाँ कर्जा लगानी भएकोमा चालु आवको सोही अवधिमा यस क्षेत्रमा कर्जा लगानी ६ प्रतिशतले बढेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS