IME Life

नेपाल लाइफको धनकुटा उपशाखाद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफको धनकुटा उपशाखाले मृत्यु दाबी वापत १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्समा बैदेशिक बीमा गरि केही महिना अघि बैदेशिक रोजगारिको शीलसिलामा मलेसिया गएका मित्र बहादुर खड्काको आकास्मिक मुटुमा आएको समस्याले वि.स. २०८० माघ ६ गते मलेसियामा निधन भएको थियो । उक्त उपशाखाले बीमा बापतको १४ लाख रुपैयाँको चेक उनको श्रीमती सुशिला खत्रीलाई हस्तान्तरण गरेको हो ।

उत्त कार्यक्रममा कम्पनीका वरिष्ठ एजेन्सि म्यानेजर दिपेन्द्र निरौला, एजेन्सी म्यानेजरहरु वेशराज खत्री र कमल बहादुर खत्रीको उपस्थिती थियो । बीमाले घटिसकेको घटनालाई घटना हुनुभन्दा पहिला कै अवस्थामा त ल्याउदैन तर घरको मुख्य अभिभावकको अभावमा परिवारमा आउने चरम आर्थिक संकटलाई कम गर्न बीमा बापतको पैसाले सहयोग गर्ने धनकुटा उपशाखा प्रमुख निमेन्द्र लिम्बुले बताएका छन् ।

Prabhu
Crest

बीमा हरेक नागरिकको साथी हो । जसले भोलीको दिनमा बीमा मार्फतको एकमुष्ठ रकमले परिवारमा समृद्धि ल्याउन साथै भविष्यमा निम्तिने मानविय जोखिमहरु जस्तै दुर्घटनाबाट असक्तता भएमा, लोन सुविधा चाहिएमा, घातक रोगहरु लागेमा ५० लाखसम्मको उपचार खर्च सुविधा, र मृत्यूलाभ सुविधा पाउन सकिन्छ भने सरकारी साथै गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारिहरुलाइ बार्षिक ४०,००० रुपैयाँमा कर छुटको सुविधा नेपाल सरकारले व्यावस्था गरेको कम्पनीका धनकुटा उपशाखा प्रमुख लिम्बुले जानकारी गराए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS