IME Life

सहकारीको जागिर छोडेर बीमा क्षेत्रमा जमेकी सीता भन्छिन्: महिलाका लागि अभिकर्ता पेसा सर्वोत्कृष्ट

SPIL
NIC ASIA

काठमाडौं । सीता भण्डारी पेसाले बीमा अभिकर्ता हुन् । सीता चितवन जिल्लाको माडी नगरपालिकामा राजनीतिक परिवारिक पृष्ठभूमिमा जन्मिएकी हुन् । सीताले सानै उमेरमा आफ्नो बुवा–आमा गुमाउनुपर्यो । सानैमा आफ्नो बुवा–आमाको विछोडमा छट्पटिएकी सीताले आफ्नो जन्मघरबाटै नै एसएलसीसम्मको अध्ययन पूरा गरिन् । बुवा–आमाबिना उनले आफ्नो पढाइलाई एसएलसीभन्दा माथि पुर्याउन सकिनन् । समयको अन्तरालसँगै सीताको २०५७ सालमा बर्दघाट नगरपालिका–४ मा विवाह भयो । अहिले उनको एक छोरा र एक छोरी छन् । सहकारीको जागिरे जीवन बिताउँदै आएकी सीता विगत १२ वर्षदेखि भने एशियन लाइफबाट बीमा बुझाउँदै हिँडिरहेकी छिन् ।

सहकारी पेसामा रम्दै आफ्नो दैनिकी गुजार्दै आएकी सीता आफू बीमा क्षेत्रमा आउँछु भनेर कहिल्यै पनि सोचेकी थिइनन् । जीवन यात्रा न हो, आफ्नो पेसालाई निरन्तरता दिँदै अगाडि बढिरहेकी सीताले काम गर्ने अफिसको व्यवस्थापक म्याडम मीना भट्टराईले ‘जागिरसँगै बीमा अभिकर्ता पनि बन, अभिकर्ता पेसामा आम्दानी पनि हुन्छ । थोरै समय दिएर पनि धेरै आम्दानी गर्न सकिन्छ’ भन्ने सुझाव दिइन् । आर्थिक चपेटामा परेकी सीतालाई पनि धेरै आम्दानी हुने जागिरको खोजीमा थिइन् । ‘ढुंगा खोज्दा देउता मिल्यो’ भनेझैँ ती सहकारी व्यवस्थापक म्याडमको आग्रहलाई सीताले ‘हुन्छ मलाई पनि अलि आम्दानी गर्ने पेसा नै चाहिएको छ’ भन्ने प्रक्रिया दिइन् । अन्ततः सीताले २०६८ सालमा एशियन लाइफबाटै लाइसेन्स लिई काम गर्न थालिन् ।

Prabhu
Crest

आफ्नो सहकारी जागिरकै सिलसिलामा भेट भएकी भट्टराईका कारणले गर्दा सीता आज बीमा क्षेत्रमा नाम र दाम कमाउन सफल छिन् । पहिलो बीमा आफ्नो सहकारीमै कार्यरत नजिकैको भाइको गराएको हुनाले सुरुको बीमा गर्न खासै गाह्रो नभएको सीताको भनाइ छ ।
सीताले अभिकर्ता पेसा अँगालेको १२ वर्ष भयो । सीता एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छिन् । सीता भन्छिन्, ‘अभिकर्ता समाज सेवा पेसा हो ।’

सीताले उच्च ओहोदाका व्यक्तिको मात्रै बीमा गराएकी छैनन्, ठूलादेखि साना–साना पोलिसी बिक्री पनि गरेकी छिन् । हरेक मानिसलाई उनी बीमाको ज्ञान बाँड्छिन् । आफूले जानेको कुरा बुझाउँदै गर्दा कुनै एउटा परिवारले आर्थिक आश्रय पाउने उनको विश्वास छ । बालबच्चाका लागि बीमा भविष्य सुनिश्चित बनाउने माध्यम बीमा हो भने वृद्धवृद्धाका लागि बूढेशकालको सहारा बन्ने उनी बताउँछिन् । तसर्थ, यो पेसालाई उनी सामाजिक सेवाका रुपमा पनि लिन्छिन् ।

अभिकर्ताका रुपमा आफूले पाएको सफलतामा सीतालाई आत्मसन्तुष्टि मिल्ने गरेको छ । यदि कोही नयाँ व्यक्ति बीमा अभिकर्ता पेसामा आउन चाहेमा यो क्षेत्र उपयुक्त रहेको उनी सुझाउँछिन् । विशेषगरी महिलाका लागि बीमा अभिकर्ता पेसा उपयुक्त रहेको उनको अनुभव छ । उनले आलसम्म ९ सयभन्दा बढी बीमा पोलिसी विक्री गरिसकेकी छिन् । उनले गराएको बीमामध्येबाट ४ जनालाई दाबी भुक्तानी समेत गरेकी छिन् ।

शारीरिक परिश्रम नपर्ने र पब्लिक रिलेसन राम्रो हुने भएकोले समाज बुझ्न थप सहयोग गर्ने भएकोले महिलाका लागि यो क्षेत्र उपयुक्त रहने उनले बताइन् । तर, यो पेसामा लाग्ने हो भने यसलाई नै आफ्नो प्रोफेसनल बनाएर काम गर्यो भने आफू र आफ्ना बीमितका लागि राम्रो हुने सीताको अनुभव छ । ‘बीमा अभिकर्ताहरुले कम्पनीका लागि त छँदैछ, बीमितको हितमा काम गर्नुपर्छ’, सीताले भनिन्, ‘एउटा किसानले आफ्नो छोरालाई भविष्यमा डाक्टर बनाउने सपना बोकेर बीमा गराएको हुन्छ । हरेक व्यक्तिले भविष्यमा सहयोग होस् भनेर बीमा गराएका हुन्छन् । त्यसकारण अभिकर्ताहरुले बीमितको हितमा काम गरी बीमितहरुलाई दिएको वचन पूरा गर्यो भने बीमा क्षेत्रप्रतिको बुझाइ सकारात्मक बन्दै जान्छ । पसलेले सामान बेच्छ भने हामीले सेवा बेच्छौँ । त्यसकारण गुणस्तर त सबैले खाजेका हुन्छन् । त्यही गुणस्तरलाई ध्यानमा राखी काम गर्नु नै अभिकर्ताको कर्तव्य हो ।’

एक बीमा अभिकर्तामा धेरै गुण हुनुपर्ने सीताको तर्क छ । ‘सरल स्वभाव, लगनशीता, दृढ विश्वास, बुझाउन सक्ने क्षमता, धर्यता, नरिसाउनेजस्ता गुण अभिकर्तामा हुनुपर्ने गुण हो’, उनले भनिन्।

सीताले सुरुका दिनमा बीमा बुझाउन गाह्रो भएको अनुभव साटिन् । तर, अहिले आफूले पनि पूर्ण रुपमा बीमा बुझेर होला बीमा बुझाउन खासै गाह्रो नपर्ने आत्मविश्वासले भरिएको उनको अनुभव छ । ‘बीमा अभिकर्ता बीमा कम्पनी र बीमितबीच मध्यस्थकर्ताका रुपमा रहेर काम गर्ने व्यक्ति हो । बीमाको फाइदा भनेको नै जोखिमको रक्षावरण हो । बीमा गर्नु भयो भने तपाइँको आम्दानीको रकम बचत हुन्छ, आवश्यक परेको बेलामा कर्जा निकाल्न सकिन्छ’, सीता भन्छिन्, ‘यसका साथै दुर्घटना पर्दा वा दीनदशा लाग्दा जोखिम कभर गर्छ, यिनै कुराहरुलाई समेटेर मैले बीमितलाई बीमा बुझाउने गरेकी छु।’

अथाह मेहनत गर्ने सीताले आफ्नो पेसालाई भरपुर समय दिने गरेको बताइन् । उनी पेसागत बीमा अभिकर्ता संघ एशियन लाइफको केन्द्रीय उपाध्यक्ष पनि हुन् । कम्पनीले दिने गरेको हरेक टार्गेटहरु पूरा गरेको सीताले बताइन् । उनी हरेक वर्ष क्लब मेम्बर हुने गरेकी छिन् । यस पेसाप्रतिको लगाव सबै कायम राखी बीमितहरुको हितमा सधैँ लागिपर्ने सीताको प्रतिबद्धता रहेको छ ।

बीमा प्राधिकरणलाई सीताको सुझाव
प्राधिकरणप्रति सीताले गुनासो गरेकी छिन् । उनले भनिन्, ‘प्राधिकरणले धेरै कम्पनीलाई लाइसेन्स दिएर व्यवसाय गर, जसरी हुन्छ व्यापार गरमात्रै भनेर हुँदैन । त्यसको नियमन र निगरानी गरी प्राधिकरणको व्यवस्थाले बीमितहरुलाई के–कति प्रभाव पारेको छ । त्यो पनि हेर्नुपर्छ ।’
अभिकर्ता इजाजतपत्र जारी हुने प्रक्रिया सहज र सरल हुनुपर्ने, मृत्यु दाबी भुक्तानी प्रक्रियामा मेडिकल केस र ननमेडिकल केस हेरी निश्चित मापदण्ड निर्माण गर्नुपर्ने, बालबालिकाको बीमा गर्दा क्रिटिकल इन्स्योरेन्स सुविधा सबै कम्पनीले दिँदा संरक्षकको पूरै रिक्स कभर हुने व्यवस्था गर्नुपर्ने सीताका सुझाव छन्। पहिलो वर्ष किस्ता बुझाएर निष्क्रिय भएका बीमालेखहरुलाई समेत समर्पण गर्न मिल्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS