IME Life

सामाजिक क्षेत्रमा सक्रिय सुशीला सिटिजनबाट बीमा बुझाउँदै ‘आफू हुँदा र नहुँदा पनि बीमाले परिवारको सुरक्षा गर्छ’

SPIL
NIC ASIA

काठमाडौं । सामाजिक अभियान्तका रुपमा प्रख्यात नाम हो ‘सुशीला नेपाल गरागाईं’ । सामाजिक क्षेत्रमा सक्रिय रहेकी सुशीला अहिले बीमा क्षेत्रमा पनि जोडिएकी छिन् । मोरङको लेटाङ नगरपालिका ५ मा जन्मिएकी सुशीला अहिले सिटिजन लाइफको गठ्ठाघर शाखाबाट बीमा चेतना बाढ्दै हिँडिरहेकी छिन् । उनी पेसाले एक बीमा अभिकर्ता हुन् । सामान्य खेती–किसानी गर्ने परिवारमा सुशीलाको २०३४ सालमा जन्म भयो । सामान्य परिवारमा जन्मिएकी सुशीलाले स्नातकसम्मको अध्ययन गरिन् । खेती–किसानी गर्ने परिवार भए पनि शिक्षा–दीक्षामा कुनै कमी परिवारबाट नभएको सुनाउँदै सुशीलाले भनिन्, ‘मेरो बुवा–आमाले हामी सबै छोरा–छोरीलाई राम्रो सकेजति पढाउनु भएको छ । यसमा हामी गर्व गर्छौं ।’ हाल उनी मध्यपुर थिमीमा बसोबार गर्दै आइरहेकी छिन् । सुशीला सिटिजन लाइफको एजेन्सी म्यानेजर हुन् ।

सानैदेखि सामाजिक कार्यप्रति रुचि राख्ने सुशीला विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध हुँदै आएकी छिन् । सुशीला टु्गेदर फर एभर संस्थाकी अध्यक्ष, आमा अभियान नेपालकी महासचिव, जागरण महिला अभियान कागेश्वरीकी महासचिव तथा महिलाका हकहितका लागि काम गर्दै अघि बढिरहेकी छिन् । यतिमात्रै नभएर उनी एक सहकारीकर्मी पनि हुन् । सुशीला उद्घोषण तथा भाषणकलाको ट्रेनर पनि हुन् । विभिन्न सामाजिक संस्थामा जोडिँदै आएकी सुशीला समयसँगै अभिकर्ता पेसामा ठोकिन आइपुगिन् ।

Prabhu
Crest

बीमा अभिकर्ता पेसामा यसरी प्रेरित भइन् सुशीला
बीमा नबुझे पनि सुशीलाले नेपाल लाइफमा आफ्नो बीमा गराएकी थिइन् । सुशीलालाई स्वास्थ्यमा समस्या देखियो । सामाजिक काममा अग्रसर रहने सुशीलामा पैसाको संकट थियो । हस्पिटलमा चेकअप गर्दा धेरै खर्च भइसकेकाले उनले आफ्नो नजिकको साथी गोमा रिजाललाई आफ्नो समस्या सुनाइन् । गोमा रिजाल चाहिँ बीमा क्षेत्रमा नै आबद्ध थिइन् । गोमाले ‘सुशीलालाई पैसाको खाँचो भए आफ्नो बीमा गराएको कम्पनीबाट लोन लिन पाइन्छ’ भनिन् । तर, त्यो सुविधा पाइन्छ भन्ने कुरामा सुशीला जानकार थिइनन् । आफ्नो खराब स्वास्थ्यस्थितिबाट गुज्रिरहेकी सुशीलालाई गोमाले नेपाल लाइफमा लिएर गइन् । त्यसपछि कम्पनीमा उनीहरुले लोनसम्बन्धी सबै सुविधाबारे बुझे । अन्ततः कम्पनीले सुशीलालाई त्यही दिनमै लोन दियो । त्यसपछि सुशीलालाई बीमा कम्पनीप्रतिको विश्वास झनै बढ्दै गयो । पहिला बीमा मरेपछि मात्रै काम लाग्छ भन्ने मानसिकता बोकेकी सुशीलालाई अब बीमा क्षेत्र मन पर्न थाल्यो ।

सुशीलाकी साथी गोमाले ‘अब लोनमात्रै लिने होइन, बीमा क्षेत्रमा काम पनि सुरु गर । आम्दानी पनि हुन्छ । तिमीलाई खर्च पनि पुग्छ’ भन्ने सल्लाह दिइन् । अन्ततः आफ्नो दुःखको घडीमा साथ दिने साथी र साथ दिएको कम्पनी नेपाल लाइफलाई सम्झेर सुशीलाले २०७९ माघमा सिटिजन लाइफबाट लाइसेन्स लिई काम गर्न थालिन् ।

सुशीलाले भनिन्, ‘म आफैँभित्र बीमा ज्ञानको कमी भएर बीमा भनेको मरेपछि मात्रै पाइन्छ भन्ने मानसिकता थियो । नेपाल लाइफले मेरो दुःखमा मलम लगाइदिएको भएर बीमा दुःखको सहारा रहेछ । गरिब–दुःखीका लागि बीमा अति नै आवश्यक छ भन्ने सोचेर यो पुण्यको काम मैले गर्नुपर्छ भन्ने लागेर यो पेसा रोजेँ । परिमाणस्वरुप आज म धेरै खुसी र सन्तुष्ट छु । बीमा सामाजिक कामसँग जोडिएको हुनाले अझै मलाई सहज भएको छ । त्यसैको कारण म बीमा क्षेत्रमा प्रवेश गरेको १ वर्षमै एजेन्सी म्यानेजर बन्न सफल भएँ । यो मेरा लागि ठूलो उपलब्धि हो ।’

बीमा अभिकर्ता पेसाको लाइसेन्स हात पारेपछि सुशीलाले सुरुको बीमा नारायण मैनाली भन्ने ट्याक्सी ड्राइभर (चिनेको भाइ)को बीमा गराइन् । सुरुको बीमा सहज रुपमा गर्न सफल भएपछि उनलाई अभिकर्ता पेसामा नै केही पर्छ भन्ने हिम्मत जाग्यो, जसले आजको स्थितिमा ल्याइपुर्यायो । ‘मेरो साथी गोमा र ब्रान्च म्यानेजर भगवती थापाको साथ सपोर्ट र प्रेरणाले मलाई बीमा अभिकर्ता पेसामा सफलता मिल्यो ।’

अभिकर्तामा जोडिएपछि जीवनमा थप निखारता
धेरै अघिबाट नै सामाजिक कार्यमा जाडिएकाले सुशीलालाई नाम नै कमाउन त गाह्रो थिएन । तर, अभिकर्तामा लागेपछि झनै फराकिलो भइन् । यही पेसामा जोडिएपछि उनको जीवनशैलीमात्रै फेरिएन विचार र सोचाइसमेत फेरियो । बीमा अभिकर्ता बनेपछि उनले आफैँले आफ्नो जीवन नै परिवर्तन भएको अनुभव सुनाउँछिन् । हुन त आफैँ भाषणकला सिकाउँदै हिँड्ने सुशीलाका लागि कसरी बोल्ने भन्ने कुरामा त कुनै हिच्किचाहट थिएन तर पनि अभिकर्ता पेसाले आफूलाई अझै निखारिएको बताइन् । हरेक तह र तप्काका मान्छेसँग भेट हुने हुँदा सामाजिक काममा झनै सहज हुने र समाजको अध्ययन गर्ने अवसर मिलेको सुशीलाको अनुभव छ ।

अभिकर्ता पेसामा जोडिएपछि सुशीलाले आफ्नो सामाजिक कामलाई निरन्तरता दिँदै फुर्सदको समयमा व्यवसाय गरेर सान, मान र दाम सबै आफ्नो पक्षमा पार्न सफल भएकी छिन् । अभिकर्ता पेसामा लागेपछि समाजले आफूलाई हेर्ने नजरमा फरकपन पाएकी सुशीला भन्छिन्, ‘समाजमा सामाजिक कार्य गर्दा सुरुमै मलाई सम्झिन्छन् । केहीगरी समाजमा प्राकृतिक विपत्ति आइलागे पनि समाजले मलाई सुरु मै सम्झिन्छ, जुन सामाजिक काम गर्न पाउनु मेरा लागि ठूलो कुरा होजस्तो लाग्छ ।’ अभिकर्ता पेसामा प्रवेश गरेपछि आर्थिक रुपमा पनि सक्षम हुन पुगेको उनले बताइन्।

बीमाले आफू हुँदा र नहुँदा पनि परिवारको सुरक्षा गर्छ
सुशीला भन्छिन्, ‘बीमा मानिसको जीवनको एउटा यस्तो दरिलो खम्बा हो । जसले आफू हुँदा वा नहुँदा परिवारलाई सुरक्षा प्रदान गर्ने गर्दछ । आफू हुँदै र आफूपछि पनि आर्थिक रुपमा आफ्नो सहभागिता जनाइराख्नु बीमा हो । बीमा बचत गर्ने प्रमुख आधार हो । बीमा हरेक व्यक्ति, तह र तप्काका मानिसका लागि एकदमै महत्वपूर्ण कुरा हो । जीवन बीमा व्यक्तिगत लाभ, सुरक्षा तथा राष्ट्रको आर्थिक समृद्धिका लागि पुँजी निर्माण गर्ने एउटा महत्वपूर्ण माध्यम पनि हो । बीमा भनेको बचत गर्ने बानीको विकास गर्ने एउटा हतियार पनि हो । बीमा गर्नु जोसुकैलाई पनि आवश्यक छ । जीवनमा होस् वा भौतिक सम्पत्तिमा आउने भैपरि होस्, जुनसुकै जोखिमलाई पनि सामना गर्न बीमाले सहयोग गर्दछ ।’

बीमाप्रतिको नराम्रो धारणा हटाउन जरुरी
बीमामार्फत बचत र जोखिम दुवै बहन गर्दा पनि बीमालाई एउटा ठगी पेसाका रुपमा हेर्ने नजर राम्रो नभएकोमा समाजप्रति सुशीला गुनासो गर्छिन् । ‘समाजमा रहेका गलत धारणाप्रति गुनासो गर्दै सुशीला भन्छिन्, ‘यो बीमा कम्पनीले मेरो सुरक्षाका लागिभन्दा पनि आफ्नो आयआर्जनका लागि बीमा गराउन अभिकर्ता खटाएको हुन्छ भन्ने भ्रम छ । तर, वास्तवमा त्यो होइन’, उनी भन्छिन्।

जनमानसलाई आग्रह गर्दै सुशीलाले थपिन्, ‘आयआर्जन बिना कुनै पनि पेसामा मानिस खटिएका हुँदैनन्, चाहे जुनसुकै पेसा होस् । तर, यही एउटा बीमा क्षेत्रलाई मानिसहरुले बुझेका छैनन् । बीमाप्रति समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुन जरुरी छ ।’

बीमाबारे शिक्षा र जनचेतना अझै बढी दिन जरुरी रहेको सुशीलाको भनाइ छ । ‘तर, पहिलाभन्दा बीमाबारे बुझेका मानिस धेरै भेटेको छु । यसमा खुसी लाग्छ’, उनले भनिन्, ‘म जुनसुकै घरमा बीमा प्रस्ताव लिएर जाँदा अहिले घरमा एकजनाको अनिवार्य बीमा भएको भेटेकी छु। त्यसकारण पहिलेभन्दा अहिले बीमा पहुँच वृद्धि भएको मलाई लाग्छ।’

नवप्रवेशीलाई सुशीलाको सुझाव
बीमा अभिकर्ता पेसामा प्रवेश गर्न चाहने नवप्रवेशीलाई लक्षित गर्दै सुशीलाले निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले राम्रो रहेको बताइन् । ‘आर्थिक रुपमा सबल हुने पेसा भएकाले अभिकर्ता पेसा राम्रो छ’, उनले भनिन्, ‘अझ महिला दिदी–बहिनीका लागि त अभिकर्ता उत्कृष्ट पेसा भन्छु । किनकि परिवार, बालबच्चा सबैलाई समय दिएर काम गर्न सकिने पेसा हो । साइड जबका रुपमा लिन सकिने पेसा हो । कलेज बढ्दै गरेका विद्यार्थीले पनि अपनाउन र गर्न सक्ने पेसा हो । त्यसकारण जोश, जाँगर र आँट लिएर म समाजको सेवा गर्छु भन्ने हिसाबले यो पेसामा आउँदा नाम र दाम दुवै कमाउन सकिन्छ ।’

अभिकर्तामा हुनुपर्ने गुणहरु
एक सफल बीमा अभिकर्तामा धेरै खालका सकारात्मक गुण हुनु आवश्यक रहेको सुशीलाको भनाइ छ। ‘अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्छ, सहनशीलता र धैर्ययता पनि हुनुपर्नेछ’, उनले भनिन्, ‘मेहनती, इमान्दार, सहनशीलता र बीमा बुझाउन सक्ने गुणहरु मुख्य रुपमा बीमा अभिकर्तामा हुनुपर्छ।’

सुशीलाले सिटिजन लाइफबाट सिल्भर क्लबमा प्रवेश गर्ने मौका पाइन् । उनले कम्पनीले टार्गेट पूरा गरेबापत दिने विभिन्न स्किम र उपहार पाएकी छिन् । कम्पनीले दिने हरेक टार्गेट मिट गर्न उनी लागिपर्ने गरेको बताउँछिन्। कम्पनीको विभिन्न टार्गेट पूरा गरी उनले सिंगापुर र मलेसिया टुरमा जाने अवसर पाइन् । उनी कम्पनीबाट जाने थाइल्यान्ड टुरका लागि पनि हालै क्वालिफाइड भएकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

0%

अचम्मित

71%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS