IME Life

लघु बीमामार्फत १२ जीवन बीमकले संकलन गरे करिब पौने २ अर्ब प्रिमियम, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौै । चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म १२ वटा जीवन बीमकहरुले साढे १ अर्ब रुपैयाँ बराबरको लघु बीमा व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार लघु बीमालेख बिक्रीबाट फागुनसम्म ती जीवन बीमा कम्पनीले १ अर्ब ७० करोड ४२ लाख रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिसम्म यी कम्पनीको कुल सक्रिय रहेको बीमालेख संख्या ३४ लाख ८० हजार ६०२ वटा रहेको छ।

Prabhu
Crest

यो ८ महिनामा लघु बीमालेख बिक्रीबाट नेशनल लाइफले सर्वाधिक व्यापार गरेको छ। यो कम्पनीले मात्रै ७४ करोड ८५ लाख रुपैयाँ बढीको कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी दोस्रोमा सिटिजन लाइफ रहेको छ। यो कम्पनीले लघु बीमालेख बिक्रीबाट ३० करोड ७१ लाख रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रो सानिमा रिलायन्स लाइफले १८ करोड ९० लाख रुपैयाँ, चौथोमा सूर्यज्योति लाइफले १८ करोड ३२ लाख रुपैयाँ र पाँचौँमा प्रभु महालक्ष्मी लाइफले १४ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यस्तै लघु बीमालेख बिक्रीबाट मेट लाइफले ९ करोड ८२ लाख रुपैयाँ, सन नेपाल लाइफले १ करोड ७७ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७६ लाख ७९ हजार रुपैयाँ, एसियन लाइफले ३१ लाख १३ हजार रुपैयाँ, नेपाल लाइफले २२ लाख १२ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ७ लाख ८९ हजार रुपैयाँ र हिमालयन लाइफले २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS