IME Life

जीवन बीमा गाडीको ‘एक्स्ट्रा टायर’ जस्तै होः सीबीएम कविता

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा क्षेत्रमा एक साहसी महिला अभिकर्ताका रुपमा चिरपरिचित छिन्, कविता मोक्तान तामाङ । हाल काठमाडौंको बौद्धमा बसोबास गर्दै आएकी कविताको पर्खौली जन्मघर भने रामेछापको दोरम्बा गाउँपालिका शैलुङ हो । २०४८ सालमा जन्मिएकी कविताको बाल्यकाल काठमाडौंमा नै बित्यो । सामान्य परिवारमा जन्मिएकी कविताले स्नातकसम्मको अध्ययन पूरा गरेकी छिन् । सहरमा हुर्किएकी कविता जहिले पनि आफूलाई व्यस्त नै राख्न रुचाउँछिन् । यसैबीच उनले आफ्नो पढाइसँगै विभिन्न क्षेत्रमा काम गरिन् ।

अभिकर्ता पेसामा यसरी गरिन् प्रवेश
कविताले आफू अध्ययन गर्दागर्दै आफ्नै सेनिटरी प्याड र ड्राइफरको डिलर सञ्चालन गरिन् । तर, छोरी मान्छेका लागि एउटा ठूलो व्यवसाय साँच्चिकै चुनौती थियो । तर पनि उनले हार भने कहिले पनि मानिनन् । हरेक काम गर्नका लागि आँट र साहसका साथ अगाडि बढ्ने कविताले करिब ७ वर्षसम्म आफ्नै व्यवसाय गरिन् । व्यवसायमै रहेको बेला उनको विवाह भयो । विवाहपछि पनि व्यवसाय सम्हाल्दै आएकी कविताको बच्चा हुने समय आयो । धेरै फिल्डमा खटिनुपर्ने कविताले त्यो व्यवसायबाट अलग भई अलि सहज हुने पेसामा आबद्ध हुने निर्णय गरिन् ।

Prabhu
Crest
त्यसपछि कविताको सिटिजन लाइफमा काम गर्ने जेनी घिसिङसँग भेट भयो । ‘ढुंगा खोज्दा देवता मिल्यो’ भनेझैँ कविताका लागि जेनीसँगको भेट अविसमरणीय नै रह्यो । कविताले पनि सहज खालको काम खाजेको बेला जेनीको सल्लाहमा २०७५ सालमा सिटिजन लाइफ इन्स्योरेन्सबाट अभिकर्ता लाइसेन्स लिइन् । अनि उनले आफ्नो आफ्न्ता साथिभाइको बीमा गराउन थालिन् । उनले सिटिजन लाइफमा करिब ४ वर्ष काम गरिन् । सिटिजन लाइफमा काम गर्दा उनले बीमाबारे धेरै बुझने मौका पाइन् ।

यसरी जोडिन पुगिन् नेशनल लाइफमा
सिटिजन लाइफ इन्स्योरेन्सबाट बीमा अभिकर्ता पेसामा पाइला टेकेकी कविता हाल नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा बुझाउँदै हिँड्छिन् । अभिकर्ता भएर जहिले पनि बीमितको हितमा काम गर्नुपर्छ भन्ने मानसिकता बोकेकी कविता अहिले नेशनल लाइफको कलंकी शाखाबाट जमेर व्यवसाय गर्दै आइरहेकी छिन् । ‘बीमाको महत्व, कम्पनीले बीमितहरुलाई दिने सेवा–सुविधालगायत विभिन्न प्रोडक्ट बुझ्दा मलाई नेशनल लाइफ राम्रो लाग्यो, अनि मैले सिटिजन लाइफ छोडेर नेशनल लाइफ रोजेको हो’, उनले भनिन्, ‘हामीले काम गर्दा आफूलाई भन्दा पनि बीमितहरुको फाइदा र हितका लागि काम गर्नुपर्छ। त्यसैले मैले बीमितको हितलाई मध्यनजर गर्दै राम्रो कम्पनी छानेकी हुँ ।’

‘यसको मतलब सिटिजन लाइफ नराम्रो भनेको पक्कै होइन तर हरेक कम्पनीले बीतिमहरुलाई दिने सुविधा फरक–फरक हुन्छ। त्यसमा मलाई केही कुराले नेशनल लाइफमा तानेको हो’, कविताले थपिन्, ‘दीर्घकालीन रुपमा बीमा क्षेत्रमा नै काम गरुँ भन्ने उद्देश्यले अलि बलियो कम्पनीमा सिफ्ट भएकी हुँ । कम्पनीमात्रै फरक हो तर मेरो काम उही हो ।’ अहिले कविता नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिनियर बिजनेश म्यानेजर छिन् । 

बीमा क्षेत्रमा सफलता पाउनका लागि राम्रो लिडिङको पनि हात रहने कविताको अनुभव छ। ‘अहिले मेरो लिडर सुमन श्रेष्ठ हुनुहुन्छ । उहाँको लिडिङ, प्रेरणा र हौसलाले गर्दा बीमा अभिकर्तामा पेसामा धेरै सफलता पाएकी छु’, उनले भनिन्। यस पेसामा भविष्य धेरै उत्तम देखेको भन्दै कविताले अभिकर्ता बनेर काम गर्न सबैलाई प्रेरित गर्ने बताइन् ।

जीवन बीमाको महत्व धेरै छ
कविताले भनिन्, ‘जीवन बीमा भविष्यमा पर्ने जुनसुकै क्षति तथा जोखिम, जन्मसँगसँगै मृत्यु अनिवार्य छ । सबै मृत्यु प्राकृतिक रुपमा हुन्छन् भन्ने छैन । कुनै–कुनै अकाल तथा अस्वाभाविक पनि हुन्छ । त्यसकारण जीवन तथा सम्पति जसरी सिर्जना भएको हुन्छ, त्यसैगरी जीवनको मृत्यु तथा सम्पत्तिको नाश हुन्छ । यसले पार्ने प्रभाव मानवीय रुपमा तथा भौतिक रुपमा विकराल हुनसक्छ । जसका लागि जोखिमको सिद्धान्तअनुसार बीमालाई सम्भावित जोखिमबाट पर्न सक्ने असरहरुलाई कम गर्न बीमा अनिवार्य गर्नुपर्दछ । वित्तीय व्यवस्थापनका रुपमा पनि बीमालाई अनिवार्य अँगाल्नुपर्छ ।’

‘जीवन बीमा बचत, सुरक्षा तथा लगानी तीनवटै कुरा भएकाले म बीमाप्रति आकर्षित भएँ’, बीमालाई एकेडेमिक रुपमा व्याख्या गर्दै कविताले भनिन्, ‘मैले जीवन बीमा क्षेत्रमा ५ वर्ष पूरा गर्न लागिसकेँ । धेरै बीमितहरुसँग सम्बन्ध गाँसे र जीवन बीमा लगानी बचत तथा सुरक्षा हो भन्ने चेतना फैलाउन सफल भएँ । यो मेरा लागि सामाजिक सफलता पनि हो ।’

बीमा क्षेत्रमा लागेर पाएका सफलताबारे चर्चा गर्दै कविता भन्छिन्, ‘म विगत तीन वर्षबाट लगातार एमडीआरटीको समेत सदस्य हुँदै आइरहेको छु । यो पेसाप्रति म गर्व गर्छु । मैले धेरै उपाधि हासिल गरिसकेकी छु । मैले बीमा अभिककर्ता पेसा अँगालेपछि जीवनमा धेरै कुरा सिक्ने र सिकाउने मौका पाएँ । म धेरै खुसी छु ।’

कम्पनीले दिने सबै टार्गेट पूरा गर्नेप्रति आफू सधैँ अग्रसर हुने गरेको कविता सुनाउँछिन्। उनले भनिन्, ‘म आफ्नो र कम्पनीका लागिभन्दा पनि बीमितहरको हितका लागि नै काम गर्न अगाडि बढ्छु ।’

बीमा अभिकर्ता सामाजिक पेसा भएको बताउने कविताले बीमालाई धेरै दृष्टिकोणबाट चिनाउने गरेकी छिन् । बीमालाई आर्थिक व्यवस्थापनको एउटा पाटोका रुपमा बुझ्न सकेमा जीवन सार्थक हुने उनी बताउँछिन् । ‘जीवन बीमा गाडीको पछाडि राखेको एक्स्ट्रा टायरजस्तै हो, अनि अभिकर्ता पेसा चाहिँ सबैको मिश्रण भएको खजानाको पोकोजस्तै लाग्छ’, उनले भनिन्।

जीवन बीमाका लागि आयस्रोतको पनि मूल्यांकन गर्नुपर्ने कविता बताउँछिन् । ‘बीमालाई राम्रोसँग बुझेका तथा अनुभबी अभिकर्ताबाट बीमा गराएमा भोलि भइपरी आएको खण्डमा दाबी भुक्तानी तथा सेवा–सुविधा छिटो पाउन सकिन्छ’, उनले भनिन्, ‘जीवन बीमालाई सबैको जीवनको सहारासमेत हो।’

सबैभन्दा उत्कृष्ट पेसा लाग्छ
धेरै क्षेत्रमा भिजेर काम गरेकी कवितालाई अभिकर्ता पेसा सबैभन्दा उत्कृष्ट लागेको सुनाउँछिन् । आर्थिक लगानी बिना नै नाम र दाम सबै पाइने यो पेसा आफ्ना लागिमात्रै नभई सबैका लागि उत्कृष्ट हुने उनको अनुभव छ । लाखौँ पैसा लगानी गरेर व्यवसाय गर्दै आएकी कविताका लागि आर्थिक लगानी बिनाको अभिकर्ता पेसा धेरै राम्रो लागेको छ। चाहिने जति सबै पाइने प्लेटफर्म नै अभिकर्ता पेसा रहेको उनको भनाइ छ । यो पेसा गर्दा खासै असहज नभएको उनले सुनाउँछिन्। हरेक ठाउँमा जाने भएकाले महिलाका लागि यो पेसामा परिवारको धेरै साथ र सपोर्ट चाहिने उनको अनुभव छ । तर, कविताका श्रीमानले यो पेसामा धेरै साथ दिएका छन् । ‘महिलाका लागि यो पेसा धेरै राम्रो छ’, कविताले भनिन्, ‘श्रीमानको साथ र सपोर्टले म आज यो स्थानमा छु। मेरो सफलताको सबै श्रेय मेरो श्रीमानलाई जान्छ ।’

अभिकर्ता बनेपछि समाजले हेर्ने नजर नै बदलिएको कविताको अनुभव छ । ‘फलानाको बुहारी भनेर नाम कमाएकी छु’, उनले भनिन्, ‘आफू परिचित भएर समाजलाई चिनाउन पाउँदा धेरै खुसी लागेको छ । अभिकर्ता भएपछि मेरो जीवनमा धेरै परिवर्तन भएको पाएकी छु ।’

 

अभिकर्ताको कर्तव्य

अभिकर्ता पेसामा लागेपछि आफ्नो निश्चित दायित्व तथा जिम्मेवारी नभुली पारदर्शी भएर काम गर्नुपर्ने कविता बताउँछिन् । ‘जुन अभिकर्ताले बीमा गराएका हुन्छन्, बीमाको समयावधि अलि लामो हुने भएकोले उनीहरुले उक्त अवधिसम्म किस्ता तिर्ने, बिल दिने, परेको समयमा ऋण दिनेलगायतका विभिन्न वित्तीय परामर्श दिने उनीहरुको कर्तव्य हो’, कविताले भनिन्, ‘कुनै–कुनै बीमा अभिकर्ताले गलत काम गरे भन्दैमा सबैलाई एउटै तराजुमा राखेर हेर्न हुँदैन ।’ बीमा अभिकर्ता भनेको कम्पनीका आधिकारिक प्रतिनिधि भएकोले हरेक अभिकर्ताले आफूलाई कम्पनीको आधिकारिक व्यक्ति ठानेर दायित्व पूरा गर्नुपर्ने कविताको धारणा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS