IME Life

शेयर बजारमा १३ अंकको बृद्धि हुँदा १६७ कम्पनीको शेयर भाउ बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आज साताको दोसे दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव २८ अंकले बढेर १,९९२ को विन्दुमा कायम भएको छ । आज १६७ कम्पनकिो शेयरभाउ बढेको छ भने ७५ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन रिइन्स्योरेन्स कम्पनीको ७ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको ६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ८ दशलमव १६ प्रतिशतका दरले कमाएका हुन् । नेपाल वेयरहाउजिङका लगानीकर्ताले ७ दशलमव ६५ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS