IME Life

स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुलाई दियो थप डेढ अर्ब रुपैयाँ दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत थप डेढ अर्ब रुपैयाँ दाबी भुक्तानी दिएको छ। बोर्डले चालू आर्थिक वर्ष २०८०।८१ को चौथो दाबी भुक्तानी किस्तावापत बिहीबार थप १ अर्ब ५६ करोड ४६ लाख ८८ हजार रुपैयाँ दाबी भुक्तानी दिएको हो ।

बोर्डका अनुसार सातवटै प्रदेशका गरी कूल ३४० वटा स्वास्थ्य संस्थालाई दाबी भुक्तानी गरिएको हो । बोर्डले स्वास्थ्य सेवा प्रदायक अस्पताल तथा स्वास्थ्य स‌ंस्थालाई चालू आर्थिक वर्षको फागुन १० गतेसम्ममा चौथो पटक समेत गरी बोर्डका स्वास्थ्य सेवा प्रदायक स‌ंस्थालाई ४ अर्ब ९० करोड १६ लाख रुपैयाँ भन्दा बढी दाबी भुक्तानी गरेको छ। यसअघि गत पुस ८ गते १ अर्ब ७६ करोड ५३ लाख ६९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

Prabhu
Crest

बोर्डका अनुसार दोश्रो किस्तावापत ३३८ वटा स्वास्थ्य स‌ंस्थालाई कूल १ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरिएको छ। त्यसअघि पहिलो किस्तावापत ३३६ स‌ंस्थालाई गत असोज २ गते  कूल १ अर्ब ४६ करोड ३८ लाख ५१ हजार रुपैयाँ सोधभर्ना गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS