IME Life
Beema Board

सेञ्चुरीलाई प्राप्ति गरेको प्रभु र सिभिललाई विलय गरेको हिमालयन बैंकलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको हो भने सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गरेको हो । प्रभु र हिमालयन बैंकले चालु आर्थिक वर्ष ८०/८१ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पुँजीको आधारमा : प्रभु बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड रहेको छ भने हिमालयन बैंकको चुक्तापुँजी २१ अर्ब ६५ करोड रहेको छ ।

जगेडा कोषको आधारमा : प्रभु बैंकको जगेडा कोषमा १० अर्ब ११ करोड रहेको छ भने हिमालयन बैंकको जगेडा कोषमा १७ अर्ब ९८ करोड रहेको छ ।

रिटेन्ड अर्निङको आधारमा : प्रभु बैंकको रिटेन्ड अर्निङ १ अर्ब ८६ करोड ऋणात्मक रहेको छ भने हिमालयन बैंकको रिटेन्ड अर्निङमा ४ अर्ब ५२ करोड ऋणात्मक रहेको छ ।

निक्षेप र कर्जाको आधारमा : बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ८०/८१को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा प्रभु बैंकले २ खर्ब ८१ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३१ अर्ब कर्जा प्रवाह गरेको छ भने हिमालयन बैंकले २ खर्ब ९८ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब कर्जा प्रवाह गरेको छ ।

खुद ब्याज आम्दानीको आधारमा : चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा प्रभु बैंकले ४ अर्ब ७६ करोड खुद ब्याज आम्दानी गरेकोमा हिमालयन बैंकले ५ अर्ब ८२ करोड खुद ब्याज आम्दानी गरेको छ ।

संचालन नाफा : चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा प्रभु बैंकले १ अर्ब ७२ करोड संचालन नाफा गरेकोमा हिमालयन बैंकले २ अर्ब २१ करोड संचालन नाफा गरेको छ ।

खुद मुनाफा : आर्थिक वर्ष ८०/८१को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा प्रभु बैंकले ७२ करोड खुद नाफा गरेकोमा हिमालयन बैंकले १ अर्ब ५० करोड खुद नाफा गरेको छ ।

किताबी मूल्य : प्रभु बैंकको किताबी मूल्य १३५.०२ रुपैयाँ छ भने हिमालयन बैंकको किताबी मूल्य १६२.१७ रुपैयाँ छ ।

वार्षिक प्रतिशेयर आम्दानी : वित्तीय विवरणको आधारमा प्रभु बैंकको वार्षिक प्रतिशेयर आम्दानी ६.१२ रुपैयाँ छ भने हिमालयन बैंकको वार्षिक प्रतिशेयर आम्दानी १३.८९ रुपैयाँ छ ।

खराब कर्जा: प्रभु बैंकको खराब कर्जा ४.९० प्रतिशत हुँदा हिमालयन बैंकको खराब कर्जा ४.९५ प्रतिशत छ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोवार प्रयोजनका लागि होइन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS