IME Life
Beema Board

घलेम्दी हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँड, आइतबारबाट पैसा फिर्ता हुने

SPIL
NIC ASIA

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयरको बाँडफाँड गरेको छ । कम्पनीले लिलामीमा ल्याएको ३२ लाख १७ हजार ७१४ कित्ता अवितरित हकप्रद शेयर कम्पनीको संचालक समितिको निर्णय बमोजिम फागुन २ गते बाँडफाँड गरेको हो ।

कम्पनीले माघ ९ देखि माघ २३ गतेसम्म शिलबन्दी बोलपत्र आब्हान गरी शेयर लिलाम गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु माघ २७ गते खोलि फागुन २ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले शेयर बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी फागुन ६ गते आइतबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । साथै आफ्नो खातामा रकम जम्मा भएको वा नभएको यकिन गरी जम्मा नभएको अण्डमा मुक्तिनाथ क्यापिटलमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

साथै, बाँडफाँडको अन्तिम मूल्य १५१.३५ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । साथै, बाँडफाँडको विवरण विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेभसाइटमा हेर्न कम्पनीले भनेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS