IME Life
Beema Board

रिलायबल लाइफ नाफा देखि व्यापारसम्म बढाउन सफल, जीवन बीमा कोष ९ अर्ब माथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८० /८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ४ अर्ब ६४ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३४ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १९.०९ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा सिर्षकमा १ अर्ब ७५ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १५ करोड ४६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ६६ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०७९ /८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ४० करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार २४.५६ प्रतिशतले वृद्धि भएर ९ अर्ब २२ करोड पुगेको छ ।

चैत्र मसान्तसम्ममा कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ७४ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८.८१ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २४ करोड ६९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ५९ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा २ अर्ब ७३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३.४२ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ३२ करोड ७८ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ५३ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ९.७८ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५५.७४ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS