IME Life
Beema Board

धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीका लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने

SPIL
NIC ASIA

काठमाडौं । धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित विनियमावलीअनुसार अब शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने भएको हो। जसअनुसार अब धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीका लागि राष्ट्र बैंकको स्वीकृति चाहिने छैन।

Prabhu
Crest

यसैगरी कायम रहेको नेपाली उद्योगमा कायम रहेका कुल नेपाली शेयरधनीहरुको शेयरधारण अनुपात नघट्ने गरी हुने विदेशी लगानीका लागि पनि राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था संशोधित विनियमावलीमा गरिएको छ। औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुण उद्योगमा पनि विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने प्रावधान संशोधित विनियमावलीमार्फत गरिएको छ।

राष्ट्र बैंकले तोकेको प्रक्रिया पुर्याई सम्बन्धित कम्पनी वा उद्योगको खातामा विदेशी लगानीबापतको रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली, २०७९ बमोजिम तोकिएको अवधिभित्र विदेशी लगानी भित्र्याउन नसकेमा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट अवधि थप गरिएको स्वीकृति समेत पेस गर्नुपर्ने व्यवस्था संशोधित विनियमावलीमा गरिएको छ।

यसैगरी विनिमय दरका कारण स्वीकृत विदेशी लगानी रकमभन्दा बढी भित्रिएको रकम फिर्ता पठाउन अनिवार्य हुने छैन । यस्तो बढी भित्रिएको रकम समेतलाई खाम्ने गरी विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त भएपश्चात् लेखांकनसम्बन्धी अन्य व्यवस्थाहरुको पालना हुने गरी विदेशी लगानीको रुपमा लेखांकङ्कन गर्न सकिने प्रावधान संशोधित विनियमावलीमा गरिएको छ।

संशोधित विनियमावलीअनुसार स्वीकृत विदेशी लगानीको रकमभन्दा बढी रकमसमेत विदेशी लगानीका रुपमा भित्रिन सक्नेछ । यस्तो बढी भित्रिएको रकमलाई खाम्ने गरी विदेशी लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानीको समर्थन–स्वीकृति प्रदान भएमा वा यस्तो बढी भित्रिएको मितिपश्चात रकम र मिति समेत उल्लेख भएको विदेशी लगानीको स्वीकृति प्रदान भएमा लेखांकनसम्बन्धी अन्य व्यवस्थाहरु पालना हुने गरी विदेशी लगानीका रुपमा लेखांकन गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

Foreign-Investment-Loan-Bylaw-2

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

14%

दु :खी

0%

अचम्मित

29%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS