IME Life

प्लस टुमा पढ्दै बीमा गराउँदै दीपाः पाँच महिनामै बनिन् एमडीआरटी, अभिकर्ता पेसाबाटै मनग्य आम्दानी

SPIL
NIC ASIA

काठमाडौं । भारतको अन्डमान निकोबार आइसलेन्डमा जन्मिएकी दीपा श्रेष्ठले सानैदेखि जिज्ञाशु र आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मानसिकता बोकेकी थिइन्। भर्खर १८ वर्ष लागेकी दीपाले सिटिजन लाइफ इन्स्योरेन्सबाट आमसर्वसाधारणलाई बीमा बुझाउँदै हिँडेकी छिन्। कलिलो उमेर त्यसमाथि पनि बीमा अभिकर्ता पेसामा लागेको पाँच महिनामा नै उनी एमडीआरटी बन्न सफल भइन्। उनी भन्छिन्, ‘यो मेरा लागि सबैभन्दा ठूलो सफलता हो।’

यतिमात्रै होइन दीपाले सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबअन्तर्गत डायमन्ड क्लबमा समेत प्रवेश गर्न सफल भएकी छिन् । उनको घर तनहुँको दुलेगौडा हो।

Prabhu
Crest

एसईईसम्मको अध्ययन गाउँ नजिकैको पञ्चमुनी देव सेकेन्डरी स्कुलमा पूरा गरेर प्लस टु गर्न काठमाडौं छिरेकी दीपाले धेरै अवसर र चुनौतिलाई मनन गरिन्। तर, बुवा अभिकर्ता पेसामै जोडिएकाले उनले कतै नसोची अभिकर्ता बनेर काम गर्छु भन्ने मनासय बनाइन् र आफ्नो इच्छा बुवालाई सुनाइन्। राम्रो कामका लागि आफ्नो अभिभावकले नाइनास्ती गर्ने कुरै भएन। आफ्नो खुसीको क्षणलाई स्मरण गर्दै उनले भनिन्, ‘बुवा मैले यो पेसा अँगाल्दा धेरै खुसी हुनुभयो र अभिकर्ता पेसा असाध्यै राम्रो छ भन्दै अगाडि बढ्न प्रेरित गर्नुभयो।’
दीपाका बुवा बलनारायण श्रेष्ठ सिटिजन लाइफमा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन्। उनको बुवा अभिकर्ता हुनु नै दीपाको लागि सफलताको मोड बन्यो। बुवाको प्रेरणाबाट २०८० साल भदौबाट अभिकर्ता पेसा अँगाल्लेकी दीपा अहिले सिटिजन लाइफमै राम्रो बीमा व्यापार गर्नेमध्येकै एक बनेकी छिन्।

बीमा अभिकर्ता पेसाको लाइसेन्स हात पारेपछि दीपाले सुरुको बीमा आफन्तबाट गरिन्। सुुरुको बीमा सहज रुपमा गर्न सफल भएपछि उनलाई अभिकर्ता पेसामा नै केही गर्न पर्छ भन्ने हिम्मत जाग्यो, जसले आजको यो अवस्थासम्म ल्याइपुर्यायो।
भर्खर कक्षा ११ मा होटल म्यानेजमेन्ट विषय लिएर एभरेष्ट सेकेन्डरी बोर्डिङ/कलेजमा अध्यननरत दीपाले हालसम्म ६४ वटा बीमा पोलिसी बिक्री गरिसकेकी छिन्। सानै उमेरमा उनको यो उपलब्धि चुनौतीपूर्ण नै हो। अभिकर्ता पेसामा जोडिएपछि दीपाले आफ्नो पढाइलाई निरन्तरता दिँदै फुर्सदको समयमा व्यवसाय गरेर सान, मान र दाम सबै आफ्नो पक्षमा पार्न सफल भएकी छिन्।

अभिकर्ता पेसामा लागेपछि दीपाको जीवनशैली मात्रै फेरिएन विचार र सोचाइसमेत फराकिलो भयो। यो पेसाले कसरी बोल्ने, कसरी हिँड्नेलगायतका स–साना कुरादेखि लिएर ठूला कुराहरुमा पनि सजकता अपनाई परिवर्तन ल्यायो। यो पेसा साँचै सहज र चुनौतीपूर्ण पेसा रहेको समेत उनको अनुभव छ।

अभिकर्ता पेसा गाह्रो नहुने, दुःख नहुने, धेरै समय खर्चिन नपर्ने तर मनग्य आम्दानी गर्न सकिने पेसाको रुपमा दीपाले हेर्छिन्। उनले भनिन्, ‘यो पेसा सामाजिक पेसा पनि हो। अभिकर्ता पवित्र पेसा हो, अभिकर्ताले कसैको सुरक्षाका लागि काम गर्छ।’

बीमा अभिकर्तामा हुनुपर्ने गुणहरु
एउटा सफल बीमा अभिकर्तामा विभिन्न खालका गुणहरु हुनु पर्ने तर्क दीपाको छ। अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने उनको भनाइ छ। निरन्तर रुपमा लागि पर्ने जो कोही पनि यो पेसामा सफल हुन सक्ने अनुभव छ दीपासँग। एउटा इन्स्योरेन्स गराउन पटक–पटकसम्म पनि लागि परिरहनुपर्छ भन्दै दीपाले अभिकर्तामा धैर्यता हुनुपर्ने बताइन्। मेहनती, इमान्दार, सहनशीलता, धैर्यता, बीमा बुझाउन सक्ने गुणहरु मुख्य रुपमा बीमा अभिकर्तामा हुनुपर्ने गुण भएको दीपाको धारणा छ। कम्पनी र पोलिसीका बारेमा राम्रो ज्ञान हुनुका साथै ग्राहकलाई बुझाउने क्षमता पनि अभिकर्ताको मुख्य गुण नै हो।
अभिकर्ताको राम्रो पक्ष
जुनसुकै पेसामा पनि राम्रा पक्षका साथै नराम्रा पक्ष पनि हुन्छन्। अभिकर्ता पेसामा पनि राम्रा पक्षका साथमा नराम्रा पक्ष हुने दीपाको तर्क छ। फाइनान्सियल एकदमै राम्रोसँग ग्रोथ हुनु, समाजका साथै विश्वमा नै राम्रो परिचय बन्छ, निरन्तर रुपमा लागि परेर काम गर्ने अभिकर्ताले जे कुरालाई पनि फराकिलो रुपले अध्ययन गर्न सक्षम हुन्छ। यिनै बीमा अभिकर्ता पेसाका राम्रा पक्ष हुन् दीपाले भनिन्।

बीमा अभिकर्ता पेसामा प्रवेश गर्न चाहने नवप्रवेशीहरुलाई यो पेसा एकदमै राम्रो सम्मानित र मर्यादित पेसा हो भन्दै दीपाले निरन्तर रुपमा लागि परेर काम गर्दा आम्दानीको हिसाबले अभिकर्ता पेसा राम्रो रहेको बताइन्। ‘बीमा अभिकर्ता पेसा संसारभरि नै अवलम्बन गरिएको पेसा हो’, उनले भनिन्, ‘आर्थिक रुपमा सबल हुने पेसा भएकाले यो पेसा राम्रो छ।’
स–सानो रकमलाई बचत गर्ने बानी बसाल्न बीमा गराउनु अनिवार्य भएको र यसले उज्ज्वल भविष्यको सुनिश्चित गर्नेमा विश्वस्त छन्, दीपा। जीवनमा भइपरी आउने आर्थिक घटनाको क्षतिपूर्तिलाई न्यूनीकरण गर्न बीमा सारथि बन्ने गरेको दीपाको भनाइ छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

94%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

6%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS