IME Life

इन्स्योरेन्स लिडरको परिचय पाएकी कौशिलाको नजरमा बीमा अभिकर्ता सम्मानित र मर्यादित पेसा

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ कम्पनीका  एजेन्सी म्यानेजर कौशिला डीसीले करिब ५ वर्षअघि बीमा क्षेत्रको सुनौलो यात्रा तय गरेकी थिइन्। सुरुआती चरणमा उनले बीमा क्षेत्रमा सिटिजन लाइफबाट आफ्नो पाइला राखेकी थिइन् भने हालसम्म उनी सोही कम्पनीमा नै कार्यरत छिन्।

सुर्खेतस्थित गुर्भाकोट–५ मा जन्मिएकी कौशिलाको हालको बसाइ सुर्खेत सदरमुकाम वीरेन्द्रनगर–१० मा रहेको छ। नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध रहेकी उनकै दिदीको भरोसामा आफूले बीमा क्षेत्रमा प्रवेश गर्ने र बुझ्नै मौका पाएको कौशिल्याले इन्स्योरेन्स खबरलाई बताइन्। उनले आफ्नी दिदीले अभिकर्ता बनाए पनि आफूले नै दिदीलाई सिटिजन लाइफमा ल्याउन सफल भएको जानकारी दिइन्।

Prabhu
Crest

आफ्नै दाइको दाबी तिर्नुपर्यो

आफ्नै दाजुलाई कस्तो बीमा दाबी दिलाएकी हुन् ? कति किस्ता तिरेका थिए ? कस्तो पृष्ठभूमि थिए बीमित दाजुको ? बीमा गरौँभन्दा के भनेका थिए सुरुआती चरणमा ? कौशिल्याले हालसम्म १६७ जनाको बीमा गराइसकेकी छन्। आफूले बीमा गराएका बीमितमध्ये एक रहेका उनका आफ्ना दाजुको नै क्लेम परेको उनले बताइन्। सुरुआती चरणमा बीमा नबुझेकी उनले आफ्नै घरमा दाबी भुक्तानी गर्ने बेलामा बीमाको वास्तविक महत्व पहिचान भएको पनि अनुभव सुनाइन्। सिनियर एजेन्सी म्यानेजर कौशिल्याले दाजुको साढे २ लाख रुपैयाँ बीमांकबराबरको बीमा गरिएको जानकारी दिइन्।

शैक्षिक यात्रा स्नातकोत्तरसम्म

कौशिल्याले आफ्नो शैक्षिक यात्रा स्नातकोत्तरसम्म पुर्याएकी छन्। उनले लोकसेवा आयोगको तयारीका लागि अध्ययनसमेत गरेकी थिइन्। फरेस्ट्रीसम्बन्धी उनले गरेको अध्ययनमा महेन्द्रनगरमा आफूले नाम निकाल्नसमेत सफल भएको बताइन्। उनले लिखित परीक्षा पास गरे पनि अन्तर्वार्तामा भने असफलता व्यहोर्नुपर्यो।

पहिला अभिकर्ता मन नपर्ने, अहिले महत्व थाहा भयो

सुरुआती चरणमा आफूलाई कुनै किसिमको रस नपसेको पेसामा आफूले कुनै दिन काम गर्छु भन्ने कौशिल्यालाई पटक्कै लागेको थिएन। हुन त नियती र समय कसले पो देखेको हुन्छ र ? कौशिल्याको जीवनमा पनि यस्तै संयोग मिल्न गयो। उनी आफूले जीवनमा कहिल्यै पनि मन नपराएको बीमा अभिकर्ता पेसामा आबद्ध हुन पुगिन्। आफूले धेरै मान्छे बनाउनुपर्ने र त्यस्तो काममा आफू खासै अब्बल छैन भन्ने उनलाई हरबखत लागिरहन्थ्यो। जागिरको खोजीमा सिटिजन लाइफको एजेन्सीमा आबद्ध भएसँगै उनका धेरै भ्रम एकाएक चिरिए। त्यसमा पनि मुख्य भ्रम भनेको त उनले एउटा बीमा अभिकर्ताले गर्ने वास्तविक मेहनत र त्यागलाई नजिकबाट नियाल्ने अवसर पाइन्। अहिले सिनियर एजेन्सी म्यानेजर कौशिल्या आफ्नो पेसामा पूर्ण रुपमा सन्तुष्ट छिन्। त्यतिमात्रै कहाँ हो र उनले आफ्नो बाँकी जीवन पनि यही पेसामा नै आबद्ध भएर बिताउने निर्णय गरेकी छन्।

एजेन्ट बन्नेभन्दा पनि जागिरको खोजीमा थिइन कौशिल्या

कौशिल्याले आफूले जागिरको सिलसिलामा जीवन धामी भन्ने सिटिजन लाइफको शाखा प्रमुखलाई भेटेको पनि स्मरण गरिन्। धामीले आफूले जागिरको खोजी गर्दा जागिरभन्दा एजेन्टको काम गर्न सल्लाह दिएका थिए। त्यस्तो सल्लाहले आफूलाई निकै दिक्क लागेको कौशिल्या सम्झिन्छिन्। जागिर नपाएको भन्दै फर्केर घर आउँदा आफ्नै दिदीले दिएको सल्लाहले आफूलाई अभिकर्ता पेसाको हुटहुटी जगाएको उनी बताउँछिन्।

बीमाबाहेक एनजीओको अनुभव

कौशिल्यासँग बीमा क्षेत्रभन्दा बाहेकका केही संस्थामा पनि काम गरेको अनुभव छ। उनले अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ भन्ने बालबालिकासँग सम्बन्धित संस्थाको अनुभव सँगालेकी थिइन्। उनले उक्त पेसा छोडेर बीमा क्षेत्रमा आउँदै गर्दा स्कुटी सुविधाका लागि योग्य हुन सुरुमा साढे ३ लाख रुपैयाँबराबरको लक्ष्य पाएकी थिइन्। त्यस्तो लक्ष्य पाएको बेला आफूले उक्त लक्ष्य पूरा गर्न सक्छु भन्ने विश्वास उनीमा थिएन। तर, असार १७ गतेबाट बीमा क्षेत्रको यात्रा आरम्भ गरेकी कौशिल्याले असार २८ गते नै साढे ४ लाख रुपैयाँको व्यावसायिक लक्ष्य पूरा गर्न सफल भइन्। टार्गेट पूरा गरेर स्कुटी सुविधा पाएसँगैै आफूमा ‘बीमामा मैले पनि धेरै गर्न सक्ने रहेछु’ भन्ने दरिलो विश्वास जागेको कौशिल्याले सुनाइन्। त्यसकै भरमा आज उनले ५ वर्ष पूरा गरिसकेकी छन्।

बीमामा धेरै कमाइ हुँदो रहेछ

कौशिल्यालाई कुनै दिन बीमा पेसामा हुने कमाइका बारेमा खासै ज्ञान थिएन। होस् पनि कसरी ? जब कि उनलाई बीमा पेसा नै मन पर्दैनथ्यो र उनले कहिल्यै पनि यो पेसासँग साक्षात्कार गर्ने मौका पाएकी थिइनन्। जतिबेलामा उनले बीमाका बारेमा धेरथोर थाहा पाइन्, त्यति नै बेलामा उनले एनजीओको जागिर छोडिन्। उनको जीवनमा अभिकर्ता पेसा कुनै खास योजना बिनाकै यात्रा हो। ‘बीमा गाह्रो पेसा होइन रहेछ’, उनले भनिन्, ‘मलाई बीमा पेसा निकै सम्मानित र मर्यादित पेसा लाग्छ, यसमा इज्जत, नाम र दाम सबै छ।’

सार्वजनिक सभा समारोहमा परिचयका क्रममा कौशिल्यालाई आफू सिटिजन लाइफ इस्योरेन्सको लिडरका रुपमा परिचय दिन पाउँदा निक्कै गर्व लाग्ने गरेको छ। बीमा पेसामा निक्कै खट्नुपर्छ होला नि ? भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘म प्रत्येक दिन बिहान ९ बजे नै कार्यालय जान्छुु। तर, आफ्नो दिनचर्या आफैँ निर्धारण गर्छुु। दिनको अन्त्यमा केही न केही उपलब्धि हासिल गरेरै घर फर्किने ध्याउन्न हुन्छ।’

अभिकर्ता पेसाका बारेमा बुझाउन धेरै समय खर्चिनुपर्छ

कौशिल्याले अहिले पनि हाम्रो समाजमा अभिकर्ताको काम पनि कुनै पेसा हो र ? भन्ने हेय मानसिकता भएको सुन्नुपर्दा मन खिन्न हुने गरेको सुनाइन्। उनी भन्छिन्, ‘त्यसैले मैले जीवन बीमाबारे बुझाउँदै गर्दा आफूले गर्ने पेसाबारे पनि बुझाउने कोसिस गर्छु। यसो गर्दा अभिकर्ता पेसाप्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउनमात्र नभएर कामको खोजीमा हुनेलाई यो पेसाप्रति आकर्षण जगाउन पनि सहयोग पुग्ने उनको विश्वास छ। कौशिल्याले व्यक्ति धनी वा गरिबजस्तो प्रकृतिको भए पनि उनीहरुसँग कुनै न कुनै किसिमका जोखिम पनि जोडिएर आउने भएकाले आर्थिक रुपमा विपन्न परिवारहरुलाई बीमाको बढी महत्व हुने बताइन्।

बीमामा लागेपछि श्रीमानलाई पनि सहयोग

शिक्षण पेसामा रहेका श्रीमानको कमाइको भरमा परिवार चलाउनुपर्दा आफूहरुलाई वीरेन्द्रनगरमा घरबेटीलाई बहाल तिर्नसमेत मुश्किल पर्ने गरेका दिनहरुको सम्झना पनि कौशिल्यासँग ताजै छ। बीमा अभिकर्ता पेसामा लागेपछि दम्पतीकोे कमाइले अहिले सदरमुकाममा पक्की घरमात्र नभएर निजी सवारीसमेत छ। उनले आफू अभिकर्ता पेसामा लागेपछि श्रीमानलाई पनि निक्कै साथ मिलेको बताइन्।

बीमामा जोडिएको घटना

कौशिल्याको सुर्खेतस्थित गुर्भाकोटमा रहेको एकजना दाजुले सुरुमा बीमा गर्न मानेका थिएनन्। उनले बैंकको मुद्दति निक्षेप बीमाभन्दा धेरै गुणा राम्रो हुने तर्क दिएका थिए। त्यतिबेला ती दाइलाई पनि बीमाले पैसा खाएर भाग्छ कि ? भन्ने शंका लागेको रहेछ। अहिले कौशिल्याले तिनै दाइलाई बीमालेख धितो राखेर ऋण दिलाएकी छिन्। बीमाबाट कर्जा पाएसँगै ती बीमा गर्न नमानेका दाइले समेत आफूलाई निकै धन्यवाद दिएको कौशिल्याले सुनाइन्। उनले जागिर खोजेर भौँतारिएका युवालाई केही गर्नुछ भने वा नाम कमाउनुछ भने सरकारलाई कर तिरेर सेतो पैसा (ह्वाइट मनी) खान पाइने बीमा पेसाको कमाइ खान सल्लाह दिएकी छन्।

सफलताको सूत्र

कौशिल्या सफल अभिकर्ता बन्न सबैभन्दा पहिला बीमाको ज्ञान, त्यसलाई बुझाउने इच्छाशक्ति र साथसाथै उद्देश्य पनि प्रस्ट हुनुपर्ने बताउँछिन्। उनले गिट्टी कुट्ने व्यक्तिदेखि न्यून पारिश्रमिक कमाउनेसम्मका लागि पनि उसको क्षमताअनुसारको बीमांकको बीमा गर्न आवश्यक रहेको बताइन्।

तीनदिने तालिम लिएर बीमामा प्रवेश गरेकी कौशिल्याले पछिल्लो समय नेपाल बीमा प्राधिकरणले ल्याएको अनलाइन लाइसेन्स प्रणालीको पनि स्वागत गरेकी छन्। बीमा बुझ्ने व्यक्ति जोकोही भए पनि त्यस्ता व्यक्तिका लागि आगामी दिनमा नेपालमा निकै राम्रो भविष्य रहेको कौशिल्या बताउँछिन्। बीमा पेसा नेपालमा बढ्दो क्रममा रहेकाले यसमा आबद्ध हुने नयाँ पुस्ताका लागि दायरासमेत झनै फराकिलो हुँदै गएको उनको विश्लेषण छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%

खुसी

0%

दु :खी

9%

अचम्मित

36%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS