IME Life
Beema Board

बेलायतको चमकधमक छोडेर स्वदेश फर्किएकी पवित्रा सिटिजन लाइफबाट बीमा बुझाउँदै

SPIL
NIC ASIA

काठमाडौं । उज्वल भविष्यको खोजीमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिनेको लर्को देख्दा कोही बेलायतको बसाई त्यागेर नेपाल फर्किएको भन्ने सुन्दा असामान्य लाग्नु स्वाभाविक हो । सुन्दा यस्तै अस्वाभाविक लाग्ने पात्र हुन्,सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर पवित्रा सिलवाल । स्वदेशमै केही गर्छु भन्ने भावना बोकेर बेलायतको ६ वर्ष लामो बसाईलाई बिट मार्दै नेपाल फर्किएको पनि तीन वर्ष भई सकेको छ । मास्टर्स डिग्रीको अध्ययन जारी रहेकै बेला उनी बेलायत पलायन भएकी थिइन् ।

नेपाल फर्केपछि उनलाई पुरानै पेशाको मायाले डो-यायो र उनले सिटिजन लाइफ इन्स्योरेन्सबाट अभिकर्ता पेशालाई पुनः निरन्तरता दिइन् । कडा मिहिनेत र आत्म विश्वासका कारण उनी हाल एजेन्सी म्यानेजरको रुपमा चिनिएकी छिन् । बीमा अभिकर्ता पेशामा उनकोे यात्रा २०६४ सालमा मेट लाइफ इन्स्योरेन्सबाट शुरु भएको हो ।

Prabhu
Crest

हालसम्म उनले सय भन्दा धेरै बीमितको जीवन बीमा गराई सकेकी छिन् । जीवन बीमाका लागि प्रस्ताव गर्दा पहिलो भेटमा अनिच्छुक देखिनेहरु पटक पटकको आग्रहले पनि बीमा गर्न राजी हुने गरेको अनुभव उनले सुनाइन् । उनी भन्छिन्, वित्तीय सचेतनाको स्तर एकदमै कमजोर भएको हाम्रो जस्तो मुलुकमा अझै पनि जीवन बीमाका लागि अरुले नै प्रेरित गरिदिनुपर्छ । कसैले प्रेरित नगर्दा सम्म मलाई जीवन बीमा किन चाहियो र भन्ने भावनाबाट अधिकांश ग्रसित हुन्छन् ।

उनले देखे भोगेको सत्य साट्दै भनिन्, परिवारमा कोही एक्कासी मर्दा वा दुर्घटना पर्दा जब फाइनान्सियल ब्यालेन्स मिलाउन धौं धौं पर्छ त्यति बेला बल्ल जीवन बीमा वास्तवमै मिस गर्छन् । एजेन्सि म्यानेजर सिलावलले आफू बीमा पेशाको सट्टामा अरु पेशा, व्यवसायमा भएको भए यस्तो सफलता हाँसिल गर्ने अवसर निकै न्यून हुने पनि बताएकी छिन् ।

बीमा क्षेत्रले दिएको त्यो अमूल्य उपाधी
सिलवालले दुई पटकसम्म बीमा अभिकर्ता पेशाका लागि प्रतिष्ठाको विषय मानिने एमडीआरटी उपाधी समेत हासिल गरि सकेकी छिन् । उनलाई बीमा क्षेत्रले दिएको उक्त उपाधिको निकै महत्व लाग्छ । आफ्नो घरको बैठक कक्षमा सजिएका प्रसंशा पत्र र उपाधी तिर ईशारा गर्दै उनले भनिन्, काम गर्दै जाँदा पाइने यी सबले नै काममा थप उत्प्रेरणा जगाउँछ ।

धादिङ जिल्लाको रोराङ ६ बेनीघाट स्थायी ठेगाना भएकी सिलवालले शिक्षा शास्त्रमा स्नातक उपाधी हासिल गरेकी छिन् । केही ज्ञान जबसम्म तपाईले अनुभव गर्नुहुन्न तबसम्म हासिल हुन्न,थोरै दार्शनिक हुँदै एजेन्सी म्यानेजर सिलवालले थपिन्,म आफैंले पनि अभिकर्ता पेशामा लाग्नु अघिको बीमाबारेको बुझाई र यो पेशामा लागेपछिको बुझाईमा निक्कै अन्तर पाएँ।

आफूले बीमाको महत्व बुझेर अरुलाई पनि यसको लाभ दिलाउन पाएकोमा उनी खुशी छिन्। बीमा क्षेत्रमा लाग्नु पहिले उनी शिक्षिका पेशामा थिइन् । उनलाई जेठानी दिदीले बीमा अभिकर्ता पेशामा लाग्न प्रेरित गरेकी हुन् । आफूलाई डोर्याउने दिदी अहिले यो पेशाबाट बाहिरिए पनि उनले यो पेशालाई निरन्तरता दिई रहेकी छिन् ।

बीमाले व्यक्तिको विविध पक्षमा सुधार ल्याउने
उनको बुझाईमा अभिकर्ताको हैसियतमा रहेर सोच्नुपर्दा बीमा पेशाको महत्वपूर्ण विशेषता भनेकै यसले एउटा मात्रै नभई व्यक्तिको जीवनसँग जोडिएका विविध आयामहरुमा समेत सफलताको बाटो खुल्ला गरिदिन्छ। अहिलेको यूगमा जनसम्पर्क नै सफलताको कडी हो, आत्मविश्वासले भरिएकी एजेन्सी म्यानेजर सिलवाल भन्छिन्, तपाईले जनसम्पर्क बनाई सकेपछि धेरै खाले अवसरहरु तपाई सामू आई पुग्छन् ।

नबुझी बीमा गर्दा हुने घाटा
नेपालमा बीमाको जानकारी निकै कम भएको उनको अनुभव छ । वित्तिय साक्षरता कम भएकाले पनि अरु लहै लहैमा बीमा हुने गरेको र त्यसको घाटा बीमितलाई हुने गरेको उनको अनुभव छ । पूर्णकालीन व्यवसायीक अभिकर्ताहरुको अभावले पनि सर्वसाधारणले बीमाबारे सहज र स्पष्ट भाषामा बुझ्ने अवसर पाएका छैनन् ।

सिलवालले बीमा सबैको लागि आवश्यक भएपनि बीमा गर्नु भन्दा पहिले नै बीमितले आफ्ना लागि कुन बीमा उपयुक्त छ भन्ने पहिचान गर्नु निक्कै महत्वपूर्ण भएको सुझाईन् । पहिले बीमाका लागि अनकनाएकाहरु बीमा गरि सकेपछि आफूलाई दुःखपर्दा जीवन बीमाको आड पाउँदा खुशी हुँदै उनलाई धन्यवाद दिंदाको क्षण उनको मन प्रफुलित हुन्छ। बालक देखि वयस्कसम्मका लागि जीवन बीमा आवश्यक छ । यसको कारण भनेको व्यक्तिको जीवनमा जोखिम हुने भएकाले नै बीमाको महत्व भएको हो । बीमाको लागि धेरै पैसा जम्मा गर्नुपर्छ भन्ने धारणा अझै पनि व्याप्त रहेकाले समाजमा सबैभन्दा बढी बीमा जसको लागि आवश्यक छ ऊ नै बीमाबाट टाढा बसेको छ, बीमाको सुरक्षा छाताबाट बाहिर रहेका विपन्न वर्ग प्रति सहानुभूती जनाउँदै भनिन् ।

अहिले निकै सस्तो मुल्यमा पनि बीमालेख किन्न सकिने सुविधाहरु आएको र त्यस्तो सुविधाको बारेमा सर्वसाधारणहरुलाई जानकार बनाउन पर्याप्त पहल हुन नसकेको उनको गुनासो छ। जीवन बीमामा लगानी गरेको पैसा हतपत्त झिकि हाल्न नमिल्ने भएकाले पनि अनिवार्य बचतका लागि बीमा अपरिहार्य छ।

बीमा शिक्षाको ठूलो महत्व छ
बीमा शिक्षा आवश्यक उनले विदेशको चलनमा नेपालमा बीमा शिक्षा अभाव भएको देख्दा बीमा शिक्षालाई स्कुलको पाठ्यक्रममा राख्नु पर्ने बताएकी छिन् । विद्यालय तहमै बीमाबारे शिक्षा दिन सके बालबालिकाले घर परिवारमा समेत बीमा बारे अवगत गराउने भएकाले बीमा शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको जोड छ ।

अभिकर्ता पेशामा सफलताको शुत्रः
बीमा भनेको विश्वासबाटै चल्ने भएकाले यो पेशाप्रति नागरिकहरुको विश्वास बढाउन जरुरी रहेको उनले बताएकी छिन् । विदेशी मुलुकमा जीवन बीमालाई प्राथमिकता दिएर कतिपय क्षेत्रमा अनिवार्य गरिए झैं नेपालमा पनि बिस्तारै त्यस्तो अभ्यासको थालनी गर्नु आवश्यक रहेको बताएकी छिन् ।

बीमामा जोडिदा कुनै संकोच मान्नु पर्दैन उनले आफूले समय दिएर काम गर्छु, मेहनत गर्छु भन्नेको लागि बीमा पेशा निकै उत्तम पेशा हो । उनले बीमा पेशामा नकारात्मक टिप्पणी आए पनि त्यसबाट आत्तिन नहुने बताएकी छिन् । कतिपयले खान नपाएर बीमामा लागेको समेत भन्ने भएकाले त्यस्तो बेला आफूलाई धैर्य राख्न सकेमा बीमा क्षेत्रमा सफलताको बाटो खुल्दै जाने उनको अनुभव छ । उनी नव प्रवेशीहरुलाई हौंस्याउँदै भन्छिन् , अवरोध भन्दा पनि राम्रो र सकारात्मक कुरालाई आत्मसाथ गरेर अघि बढ्नु पर्छ । बीमा अभिकर्ता पेशामा पेशामा सफल हुन इमान्दारीता, लगानशिलता, मेहनत र धैर्यता चाहिने उनले बताएकी छिन् ।

आगामी दिनमा बीमाको महत्व झनै बढी छ
समग्र बीमा क्षेत्र नै अहिले नेपालका लागि उदाउँदो पेशा रहेकाले यसमा भोलिका दिनमा अझ धेरै अवसरहरु आउने एजेन्सि म्यानेजर सिलवालको विश्वास छ । उनले हरेक क्षेत्रमा कुनै न कुनै किसिमका जोखिम हुने भएकाले त्यस्ता जोखिमभारबाट आर्थिक सुरक्षणका लागि बीमाको ठूलो महत्व रहने बताएकी छिन् । उनले बीमा सबैले बुझ्ने प्रयास गर्नु पर्ने र यसलाई बुझेकाहरुले अरुलाई पनि बुझाएर बीमाको लाभ बिस्तार गर्नु जरुरी रहेको बताइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS