IME Life
Beema Board

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावरमा रणनीतिक लगानी गर्ने

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । यसको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चँल्नका साथै आफले संचालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको शुभारम्भ समेत गरेको हो ।

विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्र्तगत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्नको लागी इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये लक्ष्मी क्यापिटल एक हो । लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो । लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड कोषको आकार रु १ अर्वको रहेको छ ।

Prabhu
Crest

लक्ष्मी क्यापिटल प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कोष संचालन गर्न स्वीकृति प्राप्त गरी लगानी शुरू गर्ने पहिलो केहि मन्र्चेट बैक मध्ये एक हो । यो कोषले जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।

युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगीसकेको छ । ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ । साथै कम्पनीसँग थप १५ मेगावाट (मध्य इङ्वा खोला जलविद्युत आयोजना) को अर्को जलविद्युत आयोजनाको इजाजतपत्र समेत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS