IME Life

भोलिबाट प्रिमियममा आइपीओ ल्याउन लागेको हिमालयन रिइन्स्योरेन्सको वित्तीय अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि भोलि मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गर्दैछ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्न लागेको हो। कम्पनीले ३ करोड कित्ता आइपीओ निष्कासनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ।

कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

Prabhu
Crest

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गर्नेछ। सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। यो आइपीओको निष्कासन बन्द छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गते बैंकिङ समयपछि हुनेछ।

हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट केयरएनपी आईआर ए माइनस रेटिङ पाएको छ। यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चित नाफा ४९ करोड ९ लाख रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। सञ्चित नाफा आव २०८१/८२ र आव २०८२/८३ क्रमशः १ अर्ब १७ करोड रुपैयाँ र २ अर्ब १७ करोड रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीको छ।

शेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ रहने अनुमान गरिएको यो कम्पनीको बीमा कोषमा चालु आव २०८०/८१ मा ८७ करोड १४ लाख रुपैयाँ, आव २०८१/८२ मा १ अर्ब ६४ करोड रुपैयाँ र आव २०८२/८३ मा २ अर्ब ७९ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।

कम्पनीको महाविपत्ति कोष भने आव २०८२/८३ सम्म २ अर्ब ८० करोड रुपैयाँसम्म पुग्ने प्रक्षेपण गरिएको छ। १० अर्ब रुपैयाँ शेयरपुँजी रहेको कम्पनीको अन्य इक्विटी आव २०८२/८३ मा ३५ करोड ७९ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।

चालु आव २०८०/८१ मा प्रतिशेयर नेटवर्थ १४९.७१ रुपैयाँ रहने अनुमान गरिएको छ। प्रतिशेयर नेटवर्थ आव २०८१/८२ मा १६५.२३ रुपैयाँ र आव २०८२/८३ मा १८८.०९ रुपैयाँ रहने प्रक्षेपण कम्पनीको छ।

आव २०८२/८३ कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २२.८६ रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

कम्पनीको सञ्चालकहरुमा शेखर गोल्छा, शाहिल अग्रवाल, अमित मोर, साक्षी वंसल (गुप्ता) र सुभासकुमार झुनझुनवाला रहेका छन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल र नायब प्रमुख कार्यकारी अधिकृतमा मुकेशकुमार कुपर तथा कार्यकारी निर्देशकहरुमा मनिष कुमार र दीपककुमार श्रेष्ठ छन्।

यो कम्पनीमा ३२ जना कर्मचारी कार्यरत छन्। जसमा २९ जना स्थायी, १ जना करार र अन्य २ जना छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

22%

दु :खी

22%

अचम्मित

11%

उत्साहित

11%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS