IME Life
Beema Board

नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड, विकास बैंकहरुमा ६ करोड र फाइनान्स कम्पनीहरुमा २ करोड गरी कुल ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको एक सूचना जारी गर्दै जनाएको छ ।

बैंकले उक्त निक्षेप २०८० मंसिर १० गतेदेखि २०८१ मंसिर १० गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो। उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले मंसिर ६ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ। राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने जनाएको छ।

Prabhu
Crest

निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने,कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने,शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने,समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु बैंकले तोको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS