IME Life
Beema Board

हालसम्म तीन विकास बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० का लागि हालसम्म तीन विकास बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । हालसम्म शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका हुन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १० दशमलव ५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७.३८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१।४४ रुपैयाँ बराबरको नगद लाभांश छ ।

Prabhu
Crest

मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ दशलमव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २६३ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यी बैंकहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकले भने बुक क्लोज मिति तय गरी साधारण सभा समेत डाकिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS