काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले मधेश प्रदेश अन्तर्गतको पहिलो शाखा कार्यालय पर्सा जिल्लाको बिरगंजमा नयाँ शाखा कार्यालय विस्तार गरेको हो । कम्पनीले उक्त शाखाको उद्घाटन आज कार्तिक २० गते गरेको हो ।
कम्पनीले ‘सानो इन्स्योरेन्स ठूलो केयर’ भन्ने मूल अभिप्रायका साथ शाखा कार्यालयहरु विस्तार गर्दै आइरहेको छ । कम्पनीले देशका विभिन्न स्थानहरुमा लघु बीमा सेवा पुर्याउने हेतुले शाखा विस्तारमा जोड दिँदै आइरहेको छ । यस अघि कम्पनीले दुई शाखा कार्यालय संचालनमा ल्याएको छ ।