IME Life
GBIME

एनएमबि फिप्टीको सूचीकृत शेयरमा लगानी घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टीले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी घटेको छ । फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा १ अर्ब ३ करोड रुपैयाँ लगानी गरेकोमा असोज मसान्तमा ९२ करोड रुपैयाँमा सिमित भएको हो ।

त्यस्तै यस फण्डको न्याभ असोज मसान्तमा १० रुपैयाँ ०४ पैसा कायम भएको छ । भदौ मसान्तमा यस फण्डको न्याभ ११ रुपैयाँ ९३ पैसा थियो । असोज मसान्तको प्रति इकाई खुद सम्पत्ति मूल्य(न्याभ) मा गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिएको १५ प्रतिशत लाभांश संमायोजनपछि न्याभ घटेको हो ।

Crest

फण्डको नोक्सानी भदौ महीनाको तुलनामा असोज महीनामा बढेको छ । भदौ मसान्तमा फण्डले रू। ५ करोड १४ लाख नोक्सानी ब्यहोरेकोमा असोज मसान्तमा बढेर रू १० करोड पुगेको छ । असोज महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS