IME Life
Beema Board

ईसेवाले ल्यायो क्यूआर कोडमार्फत भुक्तानी गर्दा बोलेर जानकारी दिने डिभाइस ‘ईस्पिकर

SPIL
NIC ASIA

काठमाडौं । डिजिलट वालेट ईसेवाले क्यूआर कोडमार्फत भुक्तानी गर्दा बोलेर जानकारी दिने डिभाइस ‘ईस्पिकर’ सार्वजनिक गरेको छ । बुधबार आयोजित कार्यक्रममा कम्पनीले ‘ईस्पिकर’ सार्वजनिक गरेको हो ।

व्यवसायिक तथा व्यक्तिगत प्रयोजनका लागि क्यूआर प्रणाली प्रयोग गर्ने प्रयोगकर्ताको समस्यालाई ध्यानमा राख्दै डिभाइस ल्याएको कम्पनीले बताएको छ । ‘क्यूआरमार्फत भुक्तानी गर्दा एसएमएस ढिलो आउँदा भुक्तानी पुष्टि गर्न व्यवसायी र ग्राहक दुवैलाई समस्या भइरहेको हुन्छ’, कम्पनीले ब्लगमा भनेको छ, ‘ईस्पिकरले भने क्यूआरमार्फत भुक्तानी हुनासाथ डिभाइसमा अडियो नोटिफिकेसन पठाउँछ र डिभाइसले भुक्तानी सफल भएको जानकारी दिन्छ ।’

Prabhu
Crest

यसपछि ग्राहकले भुक्तानी भइसकेको स्क्रिनशट व्यवसायीलाई देखाउन पर्ने झन्झट कम हुने कम्पनीको विश्वास छ । ई(सेवाका सबै मर्चेन्टले ईस्पिकर प्रिअर्डर गर्न सक्नेछन् । कात्तिक १ गतेदेखि नै बुकिङ सुरु भएको भन्दै कम्पनीले बुकिङ गर्ने प्रयोगकर्तालाई यो डिभाइस मंसिर ४ गते नेपालभर उपलब्ध गराउने बताएको छ ।

दसैंको अवसरमा कम्पनीले यो डिभाइस ३ हजार ६०० रुपैयाँमा उपलब्ध हुने बताइएको छ ।उक्त अवधि सकिएपछि भने ईस्पिकर खरिद गर्ने प्रयोगकर्ताले ४ हजार रुपैयाँ तिर्नुपर्ने पनि कम्पनीले बताएको छ । यो डिभाइस नेपाली स्टार्टअप कम्पनी यार्सा टेकले विकास गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS