IME Life
Beema Board

नेपाल पुनर्बीमाको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर आज असोज २ गतेदेखि विक्रीमा ल्याएको छ ।कम्पनीले आफ्नो कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्ने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । कम्पनीले तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले शेयरको मूल्य प्रतिकित्ता ३०० रूपैयाँ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदन दिंदा अनिवार्य रुपमा स्थायी लेखा नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने जानकारी समेत कम्पनीले दिएको छ ।

Prabhu
Crest

शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले कात्तिक १० गते अपरान्ह २ बजेभित्र विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको लाजिम्पाट, काठमाडौंमा रहेको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS