SKIP THIS

Sun Securities
IME Life

साउन महिनामा १२ हजार अभिकर्ता थपिंदा दुई नयाँ लघु बीमकले कति भित्र्याए

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्रका लागि लिखित परिक्षा अनिवार्य गरेपछि चालू आर्थिक वर्षकाे पहिलाे एक महिनामा १२ हजारभन्दा बढी अभिकर्ताले इजाजत पत्र पाएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार दुई लघु जीवन बीमकसहित इजाजत प्राप्त १८ बीमा कम्पनीले साउन महिनामा १२ हजार ४५६ जनालाई अभिकर्ता इजाजत पत्र दिलाएका हुन् । प्राधिकरणका अनुसार हालै सञ्चालनमा आएका गार्डीयन माइक्राे लाईफ इन्स्याेरेन्सले ४९ जना र क्रेष्ट माइक्राे लाइफ इन्स्याेरेन्सले २७ जना नयाँ अभिकर्ता उत्पादन गरेका छन् ।

Crest
Meta Holidays

पुराना जीवन बीमकमध्ये नेपाल लाइफले साउन महिनामा सर्वाधिक २ हजार ५११ जनालाई अभिकर्ता इजाजत पत्र दिलाएकाे छ । यसैगरी नेशनल लाइफले १ हजार ५९८,  हिमालयन लाइफले १ हजार २२० र सूर्यज्योति लाइफले १ हजार ३३३ जनालाई अभिकर्ता इजाजत पत्र दिलाएका छन् । एशियन लाइफ इन्स्याेरेन्स मार्फत् ९८२ जनाले इजाजत पत्र लिएका छन् ।

यसअघि चार दिने अभिकर्ता तालिममा सहभागी भएलगत्तै सहभागीहरुले अभिकर्ता इजाजत पत्र प्राप्त गर्दै आएका थिए । नयाँ प्रावधान अनुसार आधारभूत तालिममा सहभागीता जनाई सकेपछी आका‌ंक्षीले अनिवार्यरूपमा लिखित परिक्षामा सहभागीता जनाउनुपर्छ र उतीर्णाङ्क प्राप्त गर्ने परिक्षार्थी मात्र इजाजत पत्र प्राप्त गर्नका लागी याेग्य हुन्छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x