IME Life

निर्जीवन बीमा कम्पनीहरुले बीमितलाई तिरे ८ अर्ब दाबी, समग्रमा १३% ले बढ्दा कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । समग्रमा निर्जीवन बीमा कम्पनीहरुको खुद दाबी भुक्तानी १३ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०७९/ ८० को चौथो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत बढी दाबी भुक्तानी दिएका हुन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई बीमितको दाबी भुक्तानीमा तागेता गरेपनि अपेक्षित रुपमा दाबी भुक्तानी भने हुन सकेको छैन् । कम्पनीहरुले प्रकाशन गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा ३ कम्पनीको दाबी भुक्तानी भने अघिल्लो वर्षको तुलनामा गिरावट देखिएको छ ।

यस समिक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ९९ करोड ३५ लाख १४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा यी कम्पनीहरुले ७ अर्ब ५ करोड ८ लाख ४२ हजार दाबी तिरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १३ दशमलव २५ प्रतिशत बढी हो । यी कम्पनीहरुमध्ये तीन कम्पनीको खुद दाबी भुक्तानी घटेको छ । जसमा नेको इन्स्योरेन्सको दाबी भुक्तानी अघिल्लो वर्षको यसै अवधिमा सामान्य गिरावट आएको हो । अघिल्लो वर्ष ८७ करोड २६ लाख भुक्तानी गरेको कम्पनीले यस अवधिमा ८७ करोड १४ लाख दाबी भुक्तानी गरेको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सको खुद दाबी भुक्तानी अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ५८ करोड १२ लाख दाबी तिरेको कम्पनीले यस समिक्षा अवधिमा ४९ करोड ९८ लाख रुपैयाँ मात्रै दाबी तिरेको छ । प्रभु इन्स्योरेन्सको खुद दाबी अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष २१ करोड २५ लाख दाबी तिरेको कम्पनीले यस अवधिमा २० करोड ७५ लाख मात्रै दाबी तिरेको छ ।

Prabhu
Crest

यस समिक्षा अवधिमा सबैभन्दा धेरै दाबी सगरमाथा इन्स्योरेन्सले तिरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ११ करोड दाबी तिरेको छ । शिखर इन्स्योरेन्सले १ अर्ब ५ करोड दाबी भुक्तानी गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७९ करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । नेशनल इन्स्योरेन्सले ७५ करोड ४४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

त्यसैगरी यस अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६० करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले ५८ करोड ३३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ४३ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ४१ करोड ५१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । नेपाल इन्स्योरेन्सले २९ करोड दाबी तिरेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्सले २८ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ७ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS