IME Life

मर्जर पछिको समस्याबारे निर्जीवन बीमकहरुसँग अन्तरक्रिया गर्दै नेपाल बीमा प्राधिकरण

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमकहरुसँग निर्जीवन बीमा व्यवसायका सम्बन्धमा समसामयिक विषयमा अन्तरक्रिया गर्ने भएको छ । भदौ १ गते निर्जीवन बीमकको सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूसँग सामूहिक अन्तरक्रिया गर्न लागेको हो । उक्त अन्तरक्रिया कार्यक्रम दिउँसो ४ बजे होटल एयरपोर्ट सिनामंगलमा आयोजना हुने बताइएको छ ।

बीमा कम्पनीहरुबीच हालै सम्पन्न मर्जर पछि पूँजी वृद्धि, जनशक्ति र शाखा समायाेजन, दाबी व्यवस्थापन, पुनर्बीमा व्यवस्थालगायतका विषयहरू छलफलका विषय हुनेछन् । प्राधिकरणले पूँजी वृद्धि र मर्जर पछिकाे अवस्थाबारे बीमककाे पृष्ठपाेषण लिने र नियामककाे तर्फबाट सहजीकरण गर्नुपर्ने विषयमा जानकारी लिन अन्तरकृया उपयाेगी हुने अपेक्षा राखेकाे छ।

Prabhu
Crest

प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवालले निर्जीवन बीमककाे मर्जर अनुभव र समसामयीक विषयका सम्बन्धमा अन्तरकृया केन्द्रीत रहने जानकारी दिएका छन् । उनले भने, पूँजी वृद्धि र मर्जरपछि निर्जीवन बीमककाे अवस्था के कस्ताे छ भन्ने बारे प्रष्ट हुन चाहेका छाैं।

निर्जीवन बीमा कम्पनीहरुमा अहिले पुनर्बीमा निर्देशिका २०८० काे प्रावधानहरू सबैभन्दा ठूलाे चासाे र चिन्ताकाे विषय बनेकाे छ । विश्वका उत्कृष्ट पुनर्बीमकलाई राेज्ने स्वतन्त्रता खाेसेर प्राधिकरणले पूँजी, अनुभव र कार्य कुशलताकाे दृष्टीकाेणले समेत ज्यादै कमजाेर रहेका स्वदेशी पुनर्बीमककाे काँधमा जाेखिम केन्द्रीकृत गर्न खाेजेपछि निर्जीवन बीमक सकसमा छन् । खुलेर विराेध गर्न नसके पनि भूकम्पीय उच्च जाेखिममा रहेकाे मुलुककाे बीमकले शत प्रतिशत स्वदेशी पुनर्बीमकसँग जाेखिम पुनर्बीमा गर्दा भविष्यमा कुनै पनि बेला दाबी नपाउने अवस्था आउन सक्ने चिन्ता जाहेर गर्दै आएका छन् ।

दाबी भुक्तानी र कृषी बीमाकाे अनुदानकाे विषय मुख्य चासाेकाे विषय बनेकाे छ। यसबाहेक न्यूनत्तम बीमाशुल्क दर ताेकिए पछि ठूला जलविद्युत परियाेजनाले बीमा गर्न अस्वीकार गरेकाे विषय पनि निर्जीवन बीमककाे लागी चिन्ताकाे विषयका रुपमा देखा परेकाे छ । न्यूनत्तम बीमाशुल्क दरमा जाेखिम स्वीकार्दा पर्याप्त पुनर्बीमा नहुने र बीमकले समेत दाबी भुक्तानीकाे आर्थिक भार बहन गर्न नसक्ने अवस्था नियन्त्रणका लागी प्राधिकरणले परियाेजना निर्माण तथा इन्जिनियरिङ लगायतका जाेखिम बहनमा न्यूनत्तम बीमाशुल्क दर निर्धारण गरिदिएकाे छ।

जीवन र निर्जीवन बीमा कम्पनीकाे चुक्ता पूँजी दाेब्बर वृद्धि गर्नका लागी प्राधिकरणले २०७८ चैत १० गते पूँजी वृद्धि सम्बन्धी नयाँ प्रावधान ल्याएपछि बीमा कम्पनीहरूबीच तरंग पैदा भएकाे थियाे । २०७९ चैत्र महिनाभित्र अर्थात् १२ महिनाकाे छाेटाे अवधिभित्र चुक्ता पूँजी वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा पूँजी वृद्धि गर्ने विकल्पकाे रूपमा बीमकले आपसमा गाभ्ने गाभिने विकल्प राेजे । परिणाम स्वरुप निर्जीवन बीमककाे स‌ंख्या २० बाट १४ वटामा सीमित हुन पुगेकाे छ । बाँकी रहेका निर्जीवन बीमक चुक्ता पूँजी वृद्धिका लागी उपायकाे खाेजीमा छन् ।

नेपालकाे बीमा इतिहासमै पहिलाे मर्जर हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच २०७९ साउन १ गते भएकाे थियाे । यी दुबै बीमकबीचकाे एकीकृत काराेबार हिमालयन एभरेष्ट इन्स्योरेन्स नामबाट सञ्चालन भइरहेकाे छ। यसैगरी आइजिआइ प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, यूनाइटेड अजाेड, सगरमाथा लुम्बिनी र सानिमा जिआइसी इन्स्योरेन्स पनि मर्जर पछि अस्तित्वमा आएका निर्जीवन बीमा कम्पनी हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS