IME Life
Beema Board

अभिकर्ता नविकरण गर्ने अवधि २ दिन बाँकी, साउन एक गतेदेखि स्वत खारेज हुने

SPIL
NIC ASIA

काठमाडौं । अभिकर्ता लाइसेन्स नविकरण गर्न अव २ दिन मात्रै बाँकी छ । नेपाल बीमा प्राधिकरणले अभिकर्ता लाइसेन्स नविकरण नगरेकालाई यहि असार मसान्त भित्र नविकरण गराउन आह्वान गरेको छ । प्राधिकरणका अनुसार ५० हजार भन्दा धेरै अभिकर्ताहरुले लाइसेन्स नविकरण गर्न बाँकी रहेको छ ।

नयाँ बीमा ऐन २०७९ लागु हुनु भन्दा अगाडी लाइसेन्स लिएका तथा नविकरण गरेर बसेका एक लाख ७४ हजार अभिकर्ता मध्ये हालसम्म एक लाख २९ हजारले मात्रै नविकरण गरेका छन् । नयाँ बीमा ऐन २०७९ को दफा ९४ को उपदफा ३ अनुसार यहि असार मसान्त भित्रमा अभिकर्ता लाइसेन्स नविकरण नगरेमा स्वत लाइसेन्स खारेज हुने व्यवस्था रहेको नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक तथा अभिकर्ता विभागका प्रमुख सम्भु प्रसाद मिश्रले जानकारी दिए ।

Prabhu
Crest

यदि असार मसान्त भित्रमा लाइसेन्स नविकरण नगराएमा लाइसेन्स स्वत खारेज हुने र प्रचलित कानुनी व्यवस्था अनुसार परीक्षा दिएर मात्रै लाइसेन्स लिन पाउने उनले बताए । उनले भने ‘अझ बीमा नियमावली लागु आए पछि अभिकर्तालको लाइसेन्स शुल्क पनि ३ हजार लाग्ने र अनलाइन प्रणालीबाट परिक्षा लिएर मात्रै लाइसेन्स लिन पाइन्छ ।’

बीमा ऐन २०७९ लागु हुनु भन्दा अगाडी लाइसेन्स लिएका अभिकर्ताले मात्रै यहि चैत मसान्तभित्र लाइसेन्स नविकरण गर्नु पर्ने हुन्छ । ऐन लागु भए पछि लाइसेन्स लिनेहरुको अवधि नै तीन वर्षको हुने भएकाले उनिहरुको लाइसेन्स खारेज हुँदैन । तर कार्तिक २२ गते भन्दा अगाडी लाइसेन्स लिएकाले यहि असार मसान्त भित्रै नविकरण गर्नै पर्छ । प्राधिकरणका अनुसार यहि असार मसान्तभित्र लाइसेन्स नविकरण गराउनेले लगभगत साढे ४ सय रुपैयाँ भन्दा धेरै भुक्तानी गरे पुग्छ ।

जीवन बीमा गर्नका लागि अभिकर्ता अनिवार्य आवस्यक पर्छ । जीवन बीमामा अभिकर्ता बीमितको आर्थिक सल्लाहकार पनि हो । अभिकर्ता पेशा गर्नेले राम्रो आम्दानी पनि गर्ने र स्वतन्त्र पेशाका रुपमा काम गर्न पाउने भएकाले धेरैको आकर्षण रहेको छ ।

हालसम्म अभिकर्ता लाइसेन्स लिन कुनै समस्या थिएन । ऐन आउनु अगाडी एउटै व्यक्तिले एक भन्दा धेरै बीमा कम्पनीबाट सहजै लाइसेन्स लिन पाउने व्यवस्था थियो । सजिलै लाइसेन्स पाउने भएकाले पनि यसको महत्व कमजोर थियो ।

अव भोलिका दिनमा अभिकर्ता लाइसेन्स पनि एकदमै महत्वपुर्ण कागजपत्रको रुपमा स्थापित हुने बीमा प्राधिकरणको भनाइ छ । प्राधिकरणले छिट्टै सफ्टवेयर प्रणालीबाट परिक्षा लिएर मात्रै लाइसेन्स दिने व्यवस्था मिलाउदैछ । त्यसैले अभिकर्ता लाइसेन्स लिनका लागि पनि निश्चित कोर्ष अध्ययन गर्नु पर्छ । पढेर लाइसेन्स लिनु पर्ने अवस्था आउदै गरेकाले पनि जसले लाइसेन्स लिइ नविकरण नगरि बसेका छन् उनिहरुले सजिलै नविकरण गराउन सक्छन् । अन्यथा भोलिका दिनमा यहि लाइसेन्स लिनका लागि ठुलो महिनेत र पैसा खर्च गर्नु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

29%

दु :खी

29%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS