IME Life
Beema Board

बीमकले धमाधम चुक्ता पूँजी वृद्धि गर्दा स्वदेशी पुनर्बीमककाे व्यापार खुम्चियाे

SPIL
NIC ASIA
काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्ने प्रावधान लागू गर्दा स्वदेशी पुनर्बीमा कम्पनीहरुको व्यवसाय प्रभावित हुने भएको छ । पूँजी वृद्धिसँगै बीमा कम्पनीहरुको खुद धारण क्षमता समेत वृद्धि हुँदा स्वदेशी पुनर्बीमा कम्पनीहरुको व्यापार खुम्चिने भएको हो ।
नेपाल बीमा प्राधिकरणले हाल जीवन बीमा कम्पनीका लागी न्यूत्तम चुक्ता पूँजी ५ अर्ब, निर्जीवन बीमा कम्पनीको लागी २ अर्ब ५० करोड र लघु बीमा कम्पनीको ७५ करोड रुपैयाँ कायम गरेको छ । यसअघि जीवन बीमकको न्यूनत्तम चुक्ता पूँजी २ अर्ब ५० करोड र निर्जीवन बीमकको चुक्ता पूँजी १ अर्ब २५ करोड रुपैयाँ तोकिएको थियो । चुक्ता पुँजी दोब्बर भएसँगै बीमा कम्पनीको खुद धारण क्षमता अर्थात् बीमावापतको जोखिम बहन गर्ने क्षमता समेत वृद्धि भएको छ ।
बीमा कम्पनीहरुले बीमालेख जारी गरेर बीमितबाट जोखिम स्वीकार गरिसकेपछि स्वीकार गरेको सबै जोखिम बराबरको वित्तीय जोखिम आफ्नो टाउकोमा नबोकेर पुनर्बीमा कम्पनीलाई समेत निश्चित हिस्सा हस्तान्तरण गर्दै आएका छन् । अर्थात बीमा कम्पनीको पनि बीमा गरिदिने बीमा कम्पनीको काम पुनर्बीमा कम्पनीले गर्छ ।
हाल जीवन बीमा कम्पनीहरुको खुद धारण २ लाखदेखि १० लाख रुपैयाँसम्म रहेको छ । निर्जीवन बीमककाे खुद धारण ५० लाख रुपैयाँसम्म रहेकाे छ। पाँच अर्ब चुक्ता पूँजीका कारण जीवन बीमा कम्पनीहरुको खुद धारण क्षमता वृद्धिसँगै यो रकम पनि वृद्धि हुनेछ । बीमा कम्पनीहरुले आफूले बहन गर्न सक्ने क्षमताले धान्ने भन्दा बढीको मात्र पुनर्बीमा गराउँदै आएका छन् ।
नेपाल पुनर्बीमाको २०७८।७९ को वार्षिक प्रतिवेदनमा कम्पनीकाे सञ्चालक समिति अध्यक्ष ईश्वरी प्रसाद अर्यालले स्वदेशी पुनर्बीमा कम्पनीको व्यवसाय बिस्तारमा स्वदेशी बीमककाे वित्तीय सबलिकरण समेत चुनौतीको रुपमा देखा परेको उल्लेख गरेका छन् ।
नेपाल पुनर्बीमाले पुनर्बीमा सम्बन्धमा नियामकीय संस्थाको नीतिगत अस्थिरतालाई पनि चुनौतीको रुपमा उल्लेख गरेको छ । पुनर्बीमा नविकरणमा स्वदेशी पुनर्बीमा कम्पनीलाई बराबर हिस्सा बाँड्नुपर्ने निर्देशन जारी भएको केही दिनमै पुनः पुरानो व्यवसाय नविकरण गर्दा बाँड्नु नपर्ने निर्देशन जारी गरेर नेपाल बीमा प्राधिकरणले बीमक र पुनर्बीमक सबैलाई तनाव दिएको थियो । नेपाल बीमा प्राधिकणले एउटै विषयमा छोटो समयावधि भित्र विरोधाभाषपूर्ण परिपत्रहरु जारी गरेर पुनर्बीमा व्यवसायलाई अनिर्णयको र अनिश्चयको बन्दी बनाइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS