IME Life

नेशनल माइक्रोफाइनान्सको विशेष साधारण सभा सम्पन्न, मर्जरको प्रस्ताव पारित

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्सको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा धादिङ स्थित धादिङ क्रिक रिसोर्टमा सम्पन्न गरेको हो । सभामा मर्जर समबन्धि संचालक समितिको प्रतिवेदन पारित गरेको छ । डिडिए प्रतिवेदन तथा स्वाप रेसियो विवरण पारित गरेको छ ।

हालसम्म मर्जरको लागि भए गरेकाकार्यहरुको अनुमोदन गर्ने, मर्जरको लागि बाँकि काम गर्ने अख्तियारी संचालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

नेशनल माइक्रोफाइनान्सको १ कित्ता शेयर बराबर समीट लघुवित्तको ०.७३ कित्ता शेयर हुने गरि मर्जरको लागि स्वाप रेसियो तय भएको छ ।
मर्जरपछि बन्ने कम्पनीको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ भने केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहने छ ।

एकीकृत कारोवार पश्चात संस्थाको अधिकृत पुँजी १ अर्व ५० करोड र चुक्ता पूँजी १ अर्ब ८ करोड पुग्ने छ । मर्जर पश्चात संस्थाको शाखा सञ्जाल देशै भरीका ७४ जिल्लामा कुल २०६ वटा, कुल ग्राहक सदस्य संख्या २ लाख १५ हजार, लगानीमा रहेको कर्जा १७ अर्व २२ करोड तथा ग्राहक सदस्यहरुबाट संकलित बचत ४ अर्व ४८ करोड भन्दा बढी पुग्ने कम्पनीले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS