IME Life
Beema Board

जीवन बीमा कम्पनीलाई पूँजी जुटाउन सकस, ११ कम्पनीले बोनस शेयर र हकप्रद जारी गर्नु पर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन हम्मे हम्मे परेको छ । हालसम्म तीन वटा कम्पनीहरुले मात्रै न्युनतम पूँजी जुटाएका छन् । नेपाल लाइफले क्यापिटल प्लान भन्दा अगाडी नै जुटाइसकेको थियो । नेशनल लाइफले बोनस शेयर दिएर पुर्याइसकेको छ भने हिमालयन लाइफले तीन वटा कम्पनी मर्जर गरेर जुटाएको हो ।

प्राधिकरणको क्यापिटल प्लान पछि जीवन बीमा क्षेत्रमा तीन वटा मर्जर सम्पन्न भइसकेका छन् भने एउटा अन्तिम चरणमा छ । मर्जर पछि पनि सानिमा रिलायन्स र सूर्यज्योति लाइफले न्युनतम पूँजी जुटाउन सकेका छैनन् ।

Prabhu
Crest

जीवन बीमा क्षेत्रमा सबैभन्दा पहिला साविक सूर्य लाइफ र ज्योति लाइफ मर्जर भएका थिए । मर्जर पछि हाल सूर्यज्योति लाइफको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रहेको छ । कम्पनीलाई ५ अर्ब पुर्याउन अझै ४६ करोड आवस्यक पर्छ । यो पूँजी बोनस शेयर दिएर मात्रै पुर्याउन गाह्रो छ । यदि कम्पनीले चालु आर्थिक वर्षको मुनाफाबाट पनि लाभांश दिएर पूँजी जुटाउन पायो भने सूर्यज्योति लाइफले १०.१३ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ ।

साविक सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर भए पछि चुक्ता पूँजी ४ अर्ब १८ करोड पुगेको छ । कम्पनीलाई ५ अर्ब पुर्याउन अझै ८१ करोड ६० लाख आवस्यक पर्छ । यसका लागि कम्पनीले कम्पनीमा पनि १९.५० प्रतिशत हकप्रद तथा बोनस शेयर आवस्यक पर्नेछ । यो रकम बोनसबाट दिन सक्ने देखिदैन । त्यसैले कम्पनीले २० प्रतिशत हाराहारीको हकप्रद शेयर निष्काशन गर्न सक्ने देखिन्छ ।

साविक प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ मर्जर भएर हिमालयन लाइफ बनेको छ । कम्पनीले मर्जर पछि ७ अर्ब ७२ करोड पुर्याएको छ । यो पूँजी नेपाल लाइफको भन्दा केहि कम हो । मर्जरको अन्तिम चरणमा रहेका प्रभु लाइफ र महालक्ष्मी लाइफले यहि असार अन्तिम साताबाट एकिकृत कारोबार गर्दैछन् । यि दुई मर्जर भए पछि चुक्ता पूँजी ४ अर्ब २९ करोड पुग्नेछ । महालक्ष्मी लाइफले आइपओ निष्काशन नगरेकाले संस्थापक र सर्वसाधारण शेयर अनुपात मिलाउनका लागि पनि कम्पनीले एफपिओ जारी गर्न सक्ने देखिन्छ । कम्पनीले कम्तिमा पनि ९० करोडको एफपिओ निष्काशन गर्ने भएकाले प्रभु महालक्ष्मीले सहजै ५ अर्ब पुर्याउन सक्ने देखिन्छ ।

बीमा प्राधिकरणले २०/३० प्रतिशतसम्म हकप्रद निष्काशन गर्दा पूँजी जुटाउन सक्नेलाई बाहेक अन्य कम्पनीलाई मर्जरमा लैजानी नीति लिएको थियो तर कतिपय बीमा कम्पनीहरुले प्राधिकरणको उक्त नीतिलाई ठाडै उल्लङ्घन गरिदिएका छन् । जसमा एशियन लाइफ र एलआइसी नेपाल रहेका छन् ।

एशियन लाइफले अहिलेसम्म जोडी खोजेको छैन । अहिलेकै पूँजीका आधारमा पनि कम्पनीलाई ५ अर्ब जुटाउन ५८.४६ प्रतिशत पूँजी आवस्यक पर्छ । केहि रकम बोनस शेयर दिए पनि सबै सक्दैन । त्यसैले हकप्रद शेयर निष्काशन गरी कम्पनीलाई सहज छैन । त्यसैले यस कम्पनीको ५० प्रतिशत भन्दा धेरै हकप्रद शेयर निष्काशन गर्नु पर्ने अवस्था छ ।

अर्को एलआइसी नेपालले भारतबाट हकप्रद निष्काशनका लागि पूँजी ल्याइसकेको छ । तर बीमा प्राधिकरणले साउन पछि मात्रै हकप्रद शेयर निष्काशनको निर्णय गर्ने भन्दै स्वीकृति नदिइ राखेको छ । कम्पनीले ८८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको छ ।

राष्ट्रिय बीमा संस्थाले सुरुमा विद्यमान संस्थापकहरु सँग हकप्रद शेयर जारी गर्ने । त्यस पछि प्रिमियममा आइपिओ निष्काशन गर्ने र नपुग पूँजी बोनस शेयर दिएर जुटाउने योजना बनाएको छ । यसका लागि कम्पनीले लेखापरीक्षण सक्काउनु पर्ने बाध्यता छ ।

नेपाल धितोपत्र बोर्डले प्रिमियममा आइपिओ निष्काशन गर्न दिने निर्णय गरे सँगै चार जीवन बीमा कम्पनीहरुले भने सहजै  ५ अर्ब जुटाउने भएका छन् । यिनै चार कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्ने बाटो तय गर्दा बीमा प्राधिकरणको संख्या घटाउने रणनीति खासै सफल भने हुन सकेन ।

आइएमई लाइफले प्रिमियममा आइपिओ निष्काशनका लागि आह्वान गरिसकेको छ । प्रिमियममा आइपिओ निष्काशन पछि कम्पनीलाई २५ प्रतिशत पूँजी अपुग हुन्छ । यो रकम प्रिमियमबाट सहजै जुटान सक्ने देखिन्छ । अन्य सन नेपाल, सिटिजन र रिलाबयल नेपाल लाइफले बोर्डबाट अनुमति पाउन बाँकी छ । उनिहरुले पनि सहजै पूँजी जुटाउन सक्ने देखिन्छ ।

दोस्रो बजारका लगानीकर्ताहरुले एलआइसी, एशियन लाइफ र सानिमा रिलायन्सको हकप्रद निष्काशनलाई कुरिरहेका छन् । यि तीन कम्पनीबाहेक अरुको हकप्रद निष्काशन हुने सम्भावना न्युन छ । सूर्यज्योति लाइफले पनि हकप्रदको बाटोलाई रोज्न सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%

खुसी

20%

दु :खी

30%

अचम्मित

10%

उत्साहित

30%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS