IME Life
Beema Board

युनाइटेड अजोडको सिइओमा श्रवण कुमार रावललाई नियुक्ति गर्न प्राधिकरणले दियो स्वीकृति

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि स्वीकृति प्रदान गरेको छ । कम्पनीको सञ्चालक समितिले रावललाई नियुक्ति गरेर अन्तिम स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेको थियो ।

कम्पनीले नियुक्ति गर्ने निर्णयलाई प्राधिकरणले स्वीकृति प्रदान गरे सँगै अव उनले औपचारिक रुपमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न पाउने छन् ।

Prabhu
Crest

संयुक्त मर्जर समितिले मर्जर अगाडी नै रावललाई नियुक्तिका लागि सिफारिस गरेको थियो । रावल साविक प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । प्रुडेन्सियल र आइएमई जनरल मर्जर पश्चात रावल बाहिरिएका थिए ।

मर्जरमा गएका कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई संस्थागत सुशासन निर्देशिका बमोजिम कुलिङ पिरियड लागु नहुने व्यवस्थाका कारण उनि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न योग्य भएका हुन् ।

रावल २०७८ पुस २० गते प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका रावलले आईजीसँगको मर्जरपछि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । एक पद घटुवा भए पछि उनले युनाइटेड अजोडमा जाने निर्णय गरेका हुन् ।

रावल प्रुडेन्सियलमा काम गर्नु भन्दा अगाडी सगरमाथा इन्स्योरेन्स कम्पनीमा कार्यरत थिए । बीमा क्षेत्रमा लामो अनुभव हासिल गरिसकेका रावलले प्रुडेन्सियल, सगरमाथा, नेको लगायतमा काम गरिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS