IME Life
Beema Board

दुई कम्पनीको १ लाख १३ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको १ लाख १३ हजार १८३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको छ । बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ हजार १८३ कित्ता र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको हो ।

जेठ १६ गतेदेखि विक्रीमा रहेको महुली लघुवित्तको शेयर प्रतिकित्ता २६४ रुपैयाँ र सूर्योदय वोमी लघुवित्तको प्रतिकित्ता २३७ रुपैयाँमा विक्रीमा गरेको जनाइएको छ । शेयर खरीद गर्न इच्छुक खरीदकर्ताले जेठ २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्री खुला गरिएको थियो । विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याइएको हो ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी महुली लघुवित्तको शेयर खरीदका लागि न्यूनतम ५०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि भने न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि माग गर्न सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS