IME Life
Beema Board

बजेटले लगानीकर्तालाई बनायो निरुत्साहित, पहिलो डेढ घण्टामै ५० अंकको गिरावट

SPIL
NIC ASIA

काठमाडौं । बजेटले लगानीकर्तालाई निरुत्साहित बनाएको छ । मर्जर तथा एफपिओ निष्काशन गर्दा हुने प्रिमियम बापतको आम्दानीमा पनि कर तिर्नु पर्ने व्यवस्था सँगै दोस्रो बजारमा मंगलबार कारोबार सुरु भए सँगै गिरावट हुन थालेको हो ।

मंगलबार बजार खुल्ने वित्तै घट्न थालेको हो । समाचार तयार पार्दासम्ममा नेप्से सूचक ५० अंकले घटेको छ । सरकारले हिजो सार्वजनिक गरेको बजेट वक्तव्य सँगै तयार पारेको आर्थिक विधेयकमा एफपिओ र मर्जर पछि कम्पनीले आर्जन गरेको प्रिमियममा पनि कर लाग्ने भन्दै यहि मंसिर मसान्तभित्र कर भुक्तानी गर्न निर्देशन दिएको छ ।

Prabhu
Crest

सरकारको यस्तो निर्देशन सँगै दर्जन भन्दा बढी कम्पनीहरुले एफपिओ जारी गर्दा आर्जन गरेको प्रिमियममा अर्बौ रुपैयाँको कर दाखिला गर्नु पर्ने भएको छ । त्यस्तै मर्जरमा गएका बैंक वित्तीय संस्थाहरुले पनि करोडौ रुपैयाँ कर बुझाउनु पर्ने भएको छ । यस्तो व्यवस्थाले धेरै वटा कम्पनीले चालु आर्थिक वर्षको मुनाफाबाट लाभांश दिन पाउने छैनन् । सरकारलाई बुझाउनु पर्ने कर भुक्तानी नगरी उनिहरुले लाभांश दिन पाउने भएकाले दोस्रो बजारमा लगानीकर्तालाई निरुत्साहित पारेको हो ।

आगामी आर्थिक वर्षको बजेटले शेयर बजारलाई खासै संबोधन गर्न सकेन । यसले गर्दा अर्थमन्त्री डा. प्रकाशशरण महत शेयर बजार मैत्री हुन नसकेको आरोप समेत लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

22%

खुसी

56%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

22%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS