IME Life
Beema Board

शेयर बजारमा १५ अंकको गिरावट हुँदा विकास बैंक बाहेक सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशलमव ६२ अंकले घटेर १,९५८ दशमलव १९ को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनकिो शेयर मूल्य बढेको छ भने १७७ कम्पनकिो शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १० करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ०३ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८ दशलमव ५२ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले ४ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS