IME Life

जीवन बीमा शुल्कको बृद्धिदर १.११ प्रतिशतमा सिमित, तेस्रो त्रैमासमा एक खर्ब आर्जन हुँदा कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीको बृद्धिदर १.११ प्रतिशतमा झरेको छ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा ९ वटा कम्पनीको बृद्धिदर ऋणात्मक देखिएको छ । गत वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ९९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

प्रथम बीमा शुल्क आर्जनमा भारि गिरावट हुँदा खुद बीमा शुल्क आर्जनमा भने एकदमै थोरै बृद्धिदर देखिन्छ । विगत ५ वर्षमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जनमा व्यापक बृद्धि भएको थियो । तर यस वर्ष बृद्धिदर ३० प्रतिशत भन्दा धेरैले ऋणात्मक छ । तर नविकरण बीमा शुल्क आर्जनले जीवन बीमा व्यवसाय टिकिरहेको छ । यदि प्रथम बीमा शुल्क आर्जनमा सुधार नआउने हो भने आगामी वर्षदेखि कुल बीमा शुल्क आर्जनले पनि बजार टिकाउन सक्ने देखिदैन ।

Prabhu
Crest

प्रथम बीमा शुल्क आर्जनको लगभग ४८ प्रतिशतको अनुपातमा सरेण्डर भइरहेको छ । एकातिर सरेण्डर बढिरहेको छ भने अर्को तर्फ प्रथम बीमा शुल्क आर्जनमा व्यापक गिरावट भइरहदा जीवन बीमा व्यवसायमा चरम मन्दी आउन सक्ने देखिन्छ ।

मन्दीकै दौरानमा पनि नेशनल लाइफको भने ९.४ प्रतिशतले बढेको छ । बृद्धिदरका हिसावले सन नेपाल सर्वाधिक अगाडी छ । सन नेपाल लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा २४ प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाउन सफल भएको छ ।

समिक्षा अवधिमा नेपाल लाइफले ३.२३ प्रतिशतले व्यवसाय बढाएर २६ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गरेको एलआइसी नेपालको भने ५.४७ प्रतिशतले घटेर १२ अर्ब ८७ करोड रुपैयाँमा सिमित भएको छ । नेशनल लाइफले ९.४ प्रतिशतले बढाएर ११ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ ।

राष्ट्रिय बीमा संस्थानको ०.७८ प्रतिशतले घटेर ७ अर्ब २१ करोड आर्जन गरेको छ । सूर्यज्योति लाइफको पनि १.८१ प्रतिशतले घटेर ५ अर्ब ९६ करोड रहेको छ । युनियन लाइफको ७.२४ प्रतिशतले घटेर ५ अर्ब ५६ करोडमा झरेको छ । एशियन लाइफको ०.६५ प्रतिशतले मात्रै घटेर ५ अर्ब ८ करोड रुपैयाँ छ ।

सिटिजन लाइफले भने ३.७० प्रतिशतले बढेर ३ अर्ब ७२ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । मेट लाइफको २.२८ प्रतिशतले घटेर ३ अर्ब ७२ करोडमा सिमित भएको छ । साविक प्राइम लाइफको ५.४२ प्रतिशतले घटेर ३ अर्ब ३० करोडमा सिमित भएको छ ।

आइएमई लाइफले भने समिक्षा अवधिमा २१.४८ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफको ६.६१ प्रतिशतले घटेर २ अर्ब ६४ करोडमा झरेको छ ।

सन नेपाल लाइफले २४.४४ प्रतिशतले बढाएर २ अर्ब २२ करोड आर्जन गरेको छ । साविक गुराँस लाइफको ५.६७ प्रतिशतले घटेर २ अर्ब २२ करोडमा सिमित भएको छ । सानिमा रिलायन्स लाइफले ६.११ प्रतिशतले बढाएर एक अर्ब ८९ करोड रुपैयाँ आर्जन गरेको छ । यो मर्जर पछिको बीमा शुल्क आर्जन हो ।

प्रभु लाइफले ०.२४ प्रतिशतले बढाएर एक अर्ब ४६ करोड आर्जन गर्दा मर्जरको अन्तिम तयारीमा रहेको महालक्ष्मी लाइफले ४.२१ प्रतिशतले बढाएर एक अर्ब १६ करोड आर्जन गरेको छ ।

मर्जरका कारण कतिपय बीमा कम्पनीको बीमा शुल्क बृद्धिदरमा सामान्य सुधार देखिए पनि अधिकाम्सको घटेको छ । चरम आर्थिक मन्दीको प्रभावले गर्दा मर्जरको सिनर्जी इफेक्ट तत्काल नदेखिने विश्लेषकहरु बताउछन् । अर्थतन्त्र चलायमान भएको अवस्थामा एक प्लस एक बराबर तीन हुने अवस्था रहन्थ्यो । तर यस्तै अवस्थामा अर्थतन्त्र रहिरह्यो भने एक बराबर एक हुन पनि मुस्किल छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS