IME Life
Beema Board

घोराही सिमेन्टको अण्डराइटिङमा कोषका कार्यकारी निर्देशक रमण नेपालको गैर जिम्मेवारी जवाफ

SPIL
NIC ASIA

काठमाडौं । नागरिक लगानी कोषले घोराही सिमेन्टको अण्डराइटिङ गर्दा लेखापरीक्षण प्रतिवेदन समेत नहेरेको पाइएको छ । इन्स्योरेन्स खवरले नागरिक लगानीकोषका कार्यकारी निर्देशक रमण नेपाललाई प्रश्न गर्दा नेपाल धितोपत्र बोर्डले अनुमति दिएकै कारण आफुले प्रत्याभुत गरिएको जानकारी दिए ।

जवकी अण्डरराइटिङको काम नेपाल धितोपत्र बोर्डले आइपिओ निष्काशन अनुमति दिनु भन्दा अगाडी नै गरिन्छ । अण्डराइटिङ पछि मात्रै आइपिओ निष्काशनको प्रकृयाँ अगाडी बढ्छ । नागरिक लगानीकोषलाई अण्डराइटिङ गर्दा लेखापरीक्षण प्रतिवेदन हेर्नु भयो होला ? तपाईले बैधानिक रुपमा काम गर्नु भएको भए किन सञ्चार माध्यममा आएको समाचारबाट त्रसिद हुनु पर्यो भन्दा उनले उल्टै सञ्चार माध्यम प्रति आक्रोस पोख्दै गलत नियतका साथ सञ्चार माध्यमले समाचार संप्रेषण गरेको आरोप लगाए । सूचनाको हक प्रयोग गरेर लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि माग गर्दा उनले सिधै नदिने जवाफ दिए ।

Prabhu
Crest

उनले भने ‘तपाईले सूचनाको हक अन्तर्गत सूचना माग गर्नु भएको छ । हामी पनि नियम अनुसार नै प्रकृयाँ पुरा गरेर तपाईलाई जवाफ दिन्छौ । हामी तपाईलाई लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि दिन सक्दैनौ ।’

नेपाल सरकार तथा सर्वसाधारणको लगानी रहेको नागरिक लगानीकोष जस्तो संस्थाले अर्को आइपिओ निष्काशन गर्दै गरैको तथ्याङ्क सार्वजनिक गर्नु कुनै अपराध होइन । अर्को तर्फ कोषले कम्पनीको तथ्याङ्क दिन नखोज्दै गर्दा कोषको नियतमा संका देखिएको छ ।

यदि तथ्याङ् नहेरी अण्डराइटिङको अनुमति दिइएको हो भने नागरिक लगानीकोषको यो भन्दा ठुलो गल्ति अरु केहि हुनै सक्दैन । नेपालले कम्पनीको अण्डराइटिङ गर्दा तत्कालिन समयमा सञ्चालक समितिमा अनुमतिका लागि समेत प्रस्ताव नलगेको पाइएको छ ।

तत्कालिन सञ्चालक समितिका सदश्य कमलेश अग्रवालको प्रभाव र आडमा उनले अनुमति दिएकाले उनि उनको नियतमा संका गर्ने ठाउ धेरै छ । यो संझौता तत्कालिन समयमा सञ्चालक कमलेश अग्रवाल हुँदै भएको थियो । जवकी अग्रवाल नेपाल लाइफका सञ्चालक हुन् । उनि सञ्चालक रहेको नेपाल लाइफका लगानीकर्ता तथा सञ्चालकहरु घोराही सिमेन्टकै लगानीकर्ता हुन् ।

कमलेश अग्रवाल संघई परिवारका विश्वास पात्र हुन् । घोराही सिमेन्टमा त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी रहेको छ । त्रिवेणी ग्रुपमा संघाई परिवार रहेका छन् । यसरी स्वार्थ समुहले कमलेश अग्रवालको प्रयोग गरेर नागरिक लगानीकोषको अण्डराइटिङ गराएको पाइएको छ । यस समुहले मंहगोमा शेयर बिक्री गर्न नागरिक लगानीकोषलाई नै प्रयोग गरिए पनि कोषको कार्यशैली प्रति प्रश्न उठेको हो ।

यथार्थ लेखापरीक्षण पनि सार्वजनिक गर्न नसक्ने कम्पनीलाई सरकारको प्रमुख लगानी रहेको नागरिक लगानीकोषले नहेर्नु भनेको कहि न कहि चलखेल भएकै संकेत हो । नागरिक लगानीकोषले अण्डराइटिङ गर्दा यथार्थ तथ्याङ्क नहेरी दोस्रो बजारमा सूचिकृत शिवम सिमेन्टको बजार मूल्यालाई तुलना गरेको पाइएको छ । कोषले घोराहीको अण्डराइटिङ गर्दा दोस्रो बजारमा शिवमको शेयर मूल्य ९ सय रुपैयाँ हाराहारी थियो । कोषले अर्को प्रतिस्पर्धी कम्पनीको बजार मूल्य हेरेर अण्डराइटिङ गर्ने कि कम्पनीको यथार्थ वित्तीय विवरण तथा सूचकलाई आधार मान्ने ?

हाल घोराहीको उत्पादन क्षमताको २५ प्रतिशत मात्रै भइरहेको छ । कोषले गएको असार साउन महिनामा सिमेन्ट उद्योगको स्थलगत निरीक्षण गरेको थियो । त्यसयता निरीक्षण तथा अनुगमन समेत गरेको छैन । यदि सर्वसाधारण लगानीकर्ताले कम्पनीको शेयर खरिद गरेनन् भने कोषले सबै शेयर आफैले खरिद गर्नु पर्छ । त्यतिवेला कोषले एउटा कमजोर कम्पनीको ठुलो शेयर सकार्नु पर्छ ।

तथ्याङ्क लुकाइएको र गलत नियका साथ आइपिओ निष्काशन प्रकृयाँ अगाडी बढाइएको कम्पनीलाई साथ दिनु नै कोषको ठुलो गल्ती हो । अण्डराइटिङ गर्नु कोषको कार्यक्षेत्र भित्रै पर्छ । तर लाखौ बचतकर्ताले जम्मा गरेको रकम नै जोखिममा पर्ने गरि काम गर्नु कदापी पनि सहि हुदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

60%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS