IME Life
Beema Board

तेश्रो त्रैमासको आधारमा राष्ट्रिय स्तरका विकास बैंक मध्ये कुन “अण्डर भ्यालुड” ?

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । चालु आर्थिक वर्ष ७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार मुक्तिनाथले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको छ । दोश्रोमा गरिमा विकास बैंकले ६५ करोड १८ लाख रुपैयाँ खुद नाफा गर्दा तेश्रोमा शाइन रेसुंगा डेभलपमेण्ट बैंकले ५५ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

त्यस्तै, प्रति शेयर आम्दानीको आधारमा लुम्बिनी विकास बैंकको प्रति शेयर आम्दानी सर्वाधिक छ । लुम्बिनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ ४५ पैसा हुँदा शाइनको १७ रुपैयाँ २६ पैसा छ । तेश्रोमा गरिमाको १६ रुपैयाँ ७५ पैसा छ ।

Prabhu
Crest

दोश्रो बजारमा मुक्तिनाथ विकास बैंकको शेयर मूल्य सर्वाधिक छ । मुक्तिनाथको बजार मूल्य ३८९ रुपैयाँ हुँदा गरिमा विकास बैंकको ३५३ रुपैयाँ र तेश्रोमा लुम्बिनी विकास बैंकको ३२१ रुपैयाँ छ ।

वैशाख १७ गतेको बजार मूल्यलाई आधार मान्दा मूल्य आम्दानी अनुपात (पिई रेसियो)को आधारमा लुम्बिनी विकास बैंकको मूल्य आम्दानी अनुपात सबै भन्दा कम छ । लुम्बिनीको मूल्य आम्दानी अनुपात १७ दशमलव ४० गुणा हुँदा शाइनको १८ दशमलव ४८ गुणा र तेश्रोमा गरिमाको २१ दशमलव ०७ गुणा छ ।

*कामना सेवा विकास बैंकको बुक क्लोज पश्चात् कायम शेयर संख्याबाट प्रति शेयर आम्दानी गणना गरिएको

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS