IME Life
Beema Board

भारतीय लगानी रहेको नेपाल एसबिआई र एभरेष्ट बैंकमध्ये कुन देखियो तगडा ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल एसबिआई र एभरेष्ट बैंक भारतीय लगानी रहेको नेपाली वाणिज्य बैंक हुन् । नेपाल एसबिआई बैंकमा स्टेट बैंक अफ इन्डियाको लगानी छ भने एभरेष्ट बैंकमा पन्जाब नेशनल बैंकको लगानी छ । वाणिज्य बैंकले चालु आर्थिक वर्ष ७९/८० तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच इन्स्योरेन्स खबरले १२ प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन :

चुक्ता पुँजीको आधारमा : नेपाल एसबिआई बैंकको चुक्ता पुँजी १० अर्ब १२ करोड रहेको छ भने एभरेष्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रहेको छ ।

Prabhu
Crest

रिटेण्ड अर्निङ्गको आधारमा : रिटेण्ड अर्निङ्गलाई हेर्ने हो भने एभरेष्ट बैंक अघि छ । नेपाल एसबिआई बैंकको रिटेण्ड अर्निङ्गमा १ अर्ब १६ करोड रहेको छ भने एभरेष्ट बैंकको रिटेण्ड अर्निङ्गमा ३ अर्ब ३६ करोड रहेको छ ।

जगेडा कोषको आधारमा : जगेडा कोषलाई हेर्ने हो भने एभरेष्ट बैंकको बढी छ । एभरेष्ट बैंकको जगेडा कोषमा ९ अर्ब ८६ करोड रहेको छ भने नेपाल एसबिआई बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड रहेको छ।

निक्षेप र कर्जाको आधारमा : बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ७९/८० तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा नेपाल एसबिआई बैंकले १ खर्ब ४० अर्ब निक्षेप संकलन गरी १ खर्ब २० अर्ब कर्जा प्रवाह गरेको छ भने एभरेष्ट बैंकले १ खर्ब ८६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब कर्जा प्रवाह गरेको छ।

खुद व्याज आम्दानीको आधारमा : चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा नेपाल एसबिआई बैंकले ४ अर्ब १३ करोड खुद व्याज आम्दानी गरेकोमा एभरेष्ट बैंकले ५ अर्ब ५८ करोड खुद व्याज आम्दानी गरेको छ ।

खुद मुनाफा : आर्थिक वर्ष ७९/८०को तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड खुद नाफा गरेकोमा एभरेष्ट बैंकले २ अर्ब ४६ करोड खुद नाफा गरेको छ ।

किताबी मूल्य : नेपाल एसबिआई बैंकको किताबी मूल्य १७८ रुपैयाँ ५७ पैसा छ भने एभरेष्ट बैंकको किताबी मूल्य २२५ रुपैयाँ ८६ पैसा छ।

वार्षिक प्रति शेयर आम्दानी : वित्तीय विवरणको आधारमा नेपाल एसबिआई बैंकको वार्षिक प्रति शेयर आम्दानी २३ रुपैयाँ ७६ पैसा छ भने एभरेष्ट बैंकको वार्षिक प्रति शेयर आम्दानी ३० रुपैयाँ ७४ पैसा छ ।

वितरण योग्य मुनाफा : आर्थिक वर्ष ७९/८० तेश्रो त्रैमासम्मको वित्तीय विवरणको आधारमा चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म नेपाल एसबिआई बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १६ करोड रहेकोमा एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३६ करोड रहेको छ।

खराब कर्जा : नेपाल एसबिआई बैंकको खराब कर्जा शून्य दशमलव ९७ प्रतिशत रहेकोमा एभरेष्ट बैंकको शून्य दशमलव ७० प्रतिशत छ ।

बजार मूल्य : पछिल्लो बजार मूल्य अनुसार नेपाल एसबिआई बैंकको बजार मूल्य ३३२ रूपैयाँ ९० पैसा  रहकोमा एभरेष्ट बैंकको बजार मूल्य ५३३ रूपैयाँ रहेको छ।

मूल्य आम्दानी अनुपात : पछिल्लो बजार मूल्य अनुसार नेपाल एसबिआई बैंकको मूल्य आम्दानी अनुपात १४ गुणा रहेको छ भने एभरेष्ट बैंकको १७ गुणा रहेको छ ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोवार प्रयोजनका लागि होइन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS