IME Life

आर्थिक मन्दिमा पनि बाणिज्य बैंकले कमाए ४८ अर्ब ७० करोड मुनाफा, कुन बैंकको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक मन्दीको चरम अवस्थामा पनि बाणिज्य बैंकहरुले ११.६७ प्रतिशतले मुनाफा बढाउन सफल भएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा बाणिज्य बैंकहरुले ४८ अर्ब ७० करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा बाणिज्य बैंकले ४३ अर्ब ६१ करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।

समिक्षा अवधिमा सर्वाधिक धेरै नविल बैंकले ५ अर्ब ११ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । नेपाल बंगालदेश बैंकलाई गाभे सँगै बैंकको मुनाफामा पनि उल्लेख्य सुधार देखिएको हो । गत वर्षको यहि अवधिमा बैंकको मुनाफा तीन अर्ब ३५ करोड थियो । यस अवधिमा ५२.६३ प्रतिशतले मुनाफा बढेको छ ।

Prabhu
Crest

प्रतिशतका हिसावले सर्वाधिक धेरै एभरेष्ट बैंकको ६२.६३ प्रतिशतले सुधार भएको छ । एभरेष्टले चैत मसान्तसम्ममा २ अर्ब ४६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ५१ करोड थियो ।

सर्वाधिक कम मुनाफा कृषि विकास बैंकको छ । कृषि विकास बैंकले एक अर्ब ४ करोड रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको छ । यो मुनाफा गत वर्षको तुलनामा ४५ प्रतिशतले कम हो । प्रतिशतका हिसाले पनि सर्वाधिक गिरावट कृषि विकास बै रहेको छ ।

मेगा मर्जर गरेको ग्लोबल आइएमई बैंकको मुनाफा दोस्रो नम्बरमा छ । बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ आर्जन गरेको छ । मर्जर विनानै एनआइसी एशिया बैंकले सबैलाई टक्कर दिएको छ । बैंकले समिक्षा अवधिमा ४ अर्ब एक करोड रुपैयाँ आर्जन गरेको छ ।

विग मर्जर गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफामा भने खासै उल्लेख्य बृद्धि देखिन सकेको छैन । बैंकले तीन अर्ब ४ करोड रुपैयाँ मुनाफा गरेको छ । त्यस्तै मर्जर गरेका अन्य बैंकहरु प्रभु, कुमारी, हिमालयनको मुनाफामा भने खासै उल्लेख्य सुधार देखिदैन ।

यस त्रैमाशमा सन राइज बैंकको मुनाफा ८.३३ प्रतिशत, प्राइम बैंकको ९.३५ प्रतिशत, माछापुच्छ्रे बैंकको १२.८८ प्रतिशत, नेपाल बैंक १८.७२ प्रतिशत, सिटिजन बैंक २२.२४ प्रतिशत, सिद्धार्थ बैंकको २८.६५ प्रतिशत र कृषि विकास बैंकको ४५.३६ प्रतिशतले मुनाफा घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS