IME Life
Beema Board

बरिष्ठ एजेन्सी म्यानेजर गीता कार्की जो जीवनभर अभिकर्ता पेशामा लाग्ने अठोटमा छिन्

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अभिकर्ता गीता कार्कीले आफू संलग्न इन्स्योरेन्स कम्पनीको लोगोलाई ट्याटुको रुपमा आफ्नो हातमा खोपाइन् । हातमा ट्याटु प्रष्ट देखिएसँगै उनको एउटा सपना पनि पूरा भयो । आफूलाई आर्थिक, सामाजिक र व्यक्तिगत रुपमा सवल बनाउने कम्पनीप्रति श्रद्धा भाव व्यक्त गर्न उनले ट्याटु खोपाएकी थिइन् । कामप्रतिको लगाव र इमान्दारीतका कारण उनी हाल नेपाल लाइफ इन्स्योरेन्सको सिन्धुली शाखामा एजेन्सी म्यानेजरको रुपमा कार्यरत छिन् । यो पेशाले उनलाई आर्थिक एवम सामाजिक रुपमा सक्षम बनाएको छ । तसर्थ बाँचुन्जेल उनी यहि पेशामा संलग्न रहने अठोट गरेकी छिन् ।

Prabhu
Crest

अभिकर्ता पेशामा संलग्न हुनुभन्दा अगाडी गीता एक सहकारीमा दैनिक रकम संकलन गर्ने काम गर्थिन् । सहकारीमा खाता खोल्ने प्रत्येक ग्राहकको घरमा दैनिक पग्ने उनको चिनजान पनि धेरै थियो । सोहि क्रममा उनको चिनजान एकजना अभिकर्तासँग भयो । गीताको चिनजानमा भएकालाई बीमा गराउन सोहि अभिकर्तासमक्ष पुर्याइदिन्थिन् उनी । तर उनलाई भने यसबारे कुनै जानकारी थिएन । उनको सक्रियाता र सालिनतालाई देखेर नेशनल लाइफ इन्स्योरेन्सबाट अभिकर्ताको प्रस्ताव पनि आएको थियो । तर, उनले बीमाका लागि भेटाइदिने अभिकर्ता पनि नेशनल लाइफमा नै कार्यरत रहेकोले अरुको भाग खोस्नु हुँदैन भन्दै प्रस्ताव अस्वीकार गरिन् ।

घरपरिवारको जिम्मेवारीसँगै सहकारिको काममा लागेकी उनीले आर्थिक अभावलाई राम्रैसँग नियालेकी थिइन् । सहकारीमा जोडिनुअघि श्रीमान्को कमाइले घरव्यवहार धान्न निक्कै धौ धौ थियो उनलाई । जसकारण सहकारीमा काम गर्ने मेसो मिलाएकी थिइन् । धेरथोर आम्दानी भए केहि हदसम्म श्रीमानलाई सहयोग पुग्ने र आफूलाई पनि खर्च हुने भएपछि काम गर्न थालिन् । यसरी दैनिक रकम संकलनमा हिँड्दा धेरै चिनजान बढ्यो, धेरै कुरा बुझ्ने मौका मिल्यो । बीमा अभिकर्ताको प्रस्ताव पनि आयो तर उनले स्वीकार गरिनन् । किनकि अभिकर्ता पेशाबाट यति राम्रो कमाई हुन्छ भन्ने बारे थाहै थिएन उनलाई छ ।

उनको चिनजानकै एक आफन्तले एशियन लाइफमा कर्मचारीको माग भएको भन्दै लगेको उनको कागजात सिटिजन लाइफको तालिममा हालिदिएछ । तालिममा सहभागी हुन सिटिजनले बोलाएपछि उनी उक्त तालिममा सहभागि हुन गइन् । बीमा अभिकर्ताको बारेमा खासै जानकारी नभएका उनले तालिमबाट आधाआधी जानकारी लिएर निस्किइन् । त्यसपश्चात उनले बीमा गरेबापत दोब्बर रकम आउने साथमा बोनस पनि पाइन्छ भन्दै अरुलाई जानकारीदिन थालिन् । तर अभिकर्ता नै बनेर बीमा भने गरेकि थिइनन् । उनले दिएको आधा सत्य जानकारी सुनेपछि नेपाल लाइफमा आबद्ध एक अभिकर्ताले त्यो जानकारी बिलकुलै गलत भएको र यस्ता भ्रामक प्रचार नगर्न उनलाई सुझाए । तर नेपाल लाइफले राम्रो बोनस दिन्छ भन्ने जानकारी पाइन् । तत्पश्चात, उनी आफै नेपाल लाइफ इन्स्योरेन्सको शाखामा पुगेर जानकारी लिइन् । आधा ज्ञान लिएकी उनले नेपाल लाइफबाट बीमाबारे पूर्ण जानकारी पाइन् । जानकारी लिएसँगै उनले अभिकर्ताको लाइसेन्स पनि लिइन् । यसरी पूर्ण रुपमा बीमा बारे जानकारी लिएपछि उनी अभिकर्ता पेशामा सक्रिय भइन् । जसकारण उनी सफल अभिकर्ता बन्न सकिन् ।

 

नेपाल लाइफको सिन्धुली शाखामा बरिष्ठ एजेन्सी म्यानेजरको रुपमा रहेकी गीता लागातार तीन पटकसम्म एमडीआरटीको टार्गेट मिट गर्न सफल भइन् । बीमा क्षेत्रमा संलग्न भएदेखि हालसम्म उनले वार्षिक रुपमा करिब १ करोड रुपैयाँको हाराहारीमा प्रिमियम संकलन गर्न सफल भएकी छिन् । यसरी सहकारीमा जागिर खाँदै आएकी गीताले बीमा क्षेत्रमा संलग्न भएसँगै राम्रो आम्दानी र आफूलाई आर्थिक रुपमा सबल बनाएकी छिन् । कुनै समय आर्थिक अभावसँग जुधेकी उनले परिवारको आवश्यकता पूरा गर्न सफल भएकी छिन् । चार जनाको परिवारमा सबै जनाको बीमा गराकी छिन् उनले । अन्य बीमितको परिवालाई आर्थिक संकटबाट जोगाउन लागि परेकी उनले आफू र आफ्नो परिवारलाई पनि सुरक्षित बनाएकी छिन् ।

अभिकर्ता बनेर काम गर्दा उनले थुप्रै सास्ती खेपेकी थिइन् । कमिसनको लागि दलाली काम गरेको भन्दै उनलाई मानसिक रुपम कमजोर बनाउनेसम्मको काम भयो । सोझी गीताले दलाली नै रहेछ भने किन यस्तो काम गर्नु भन्दै ६ महिनासम्म अभिकर्ता पेशाबाट अलग भएर बसिन् । उनले बकैदा रुपमै आफ्नो प्यानकाडमा अभिकर्ता पेशालाई दलाली शब्द लेखेको देखे । यसप्रति भने उनी पूर्ण रुपमा असन्तुष्ट छिन् । अरुलाई आर्थिक दुर्घटनाबाट जोगाउने, सिंगो परिवारलाई नै दुर्घटनाबाट जोगाउने, रक्षा वरण गर्न सहयोग गर्ने अभिकर्तालाई दलाली भनेको उनलाई मनै नपर्ने उनको भनाई छ ।

यसरी बस्दा पुनःआर्थिक संकट सुरु हुन थालेपछि बल्ल उनले थाहा पाइन् कि उनको प्रगति देख्न नसक्नेहरुले उनीमाथि दलाल शब्दको ट्याग भिराएका रहेछन् । ६ महिनापछि पुन सक्रिय रुपमा काम सुरु गरेकी उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेन । सहकारीको जागिरभन्दा धेरै गुणा राम्रो आम्दानी र समाजले चिन्ने भएपछि उनको श्रीमान पनि उनको पेशाप्रति खुशी छन् । कुनै समय बीमितलाई भेट्न श्रीमानलाई पनि सँगै लिएर जाने गर्छिन् । जसले गर्दा उनको पेशाबारे श्रीमानले पनि बुझ्ने मौका पाएको छ ।

बीमा क्षेत्रमा लागेपछि मान, इज्जत, सम्मान र आर्थिक रुपमा सक्षम बनेकी गीताले नेपाल लाइफको लोगोलाई नै ट्याटु खोपेकी छिन् । धेरै समय अघिदेखि उनले यो सपना देखेकी थिइन् । तर ट्याटु कहाँ खोप्छ भन्ने बारे जानकारी नभएकोले रहर लुकाएर राखेकी थिइन् । आफूलाई सक्षम र आर्थिक रुपमा सबल बनाएको कम्पनीप्रति आभार प्रकट गर्ने र जीवनभर यहि कम्पनीमा रहने भन्दै ट्याटु खोपेको उनको भनाई छ । हाल उनी पेशागत बीमा अभिकर्ता संघ नेपालको केन्द्रिय सदस्यको रुपमा समेत रहेकी छिन् ।

पूर्ण रुपमा अभिकर्ताको रुपमा काम गर्दै आएकी गीताको अनुभवमा अभिकर्ता पेशा एकदमै उत्कृष्ट पेशा हो । आफू अनुकुल समय मिलाएर गर्न सकिने र आफू खटेबापत कमाई पनि राम्रो हुने गरेको उनी बताउँछिन् । उनी स्वयमले अनुभव गरे अनुसार अभिकर्ता बन्नका लागि केहि गुणहरु हुन अति नै आवश्यक छ । सर्बप्रथम अनुशासित बन्न जरुरी भने लगनशीलता पनि अति नै महत्वपुर्ण छ । साथै बीमितप्रतिको विश्वास टिकाइरख्नु अभिकर्ताको लागि ठूलो चूनौतिको कुरा हो । यदि विश्वास दिलाउन सक्यो भने यो पेशा जस्तो सहज, अनुकुल र उपयुक्त पेशा अरु हुनै नसक्ने बरिष्ठ एजेन्सी म्यानेजर गीता कार्की बताउँछिन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

0%

दु :खी

10%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS