IME Life
Beema Board

निक्षेप बढ्ने क्रम जारी, एकै दिन कतिले बढ्यो ?

SPIL
NIC ASIA

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकै दिन २ अर्बले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार वाणिज्य बैंकमा एकै दिन २ अर्बले  निक्षेप वृद्धि हुँदा समस्त बैंकिङ प्रणालीमा निक्षेप वृद्धि भएको हो ।

चैत २५ गते बैंकिङ प्रणालीमा ५४ खर्ब ३५ अर्ब निक्षेप रहेकोमा अर्को दिन अर्थात् चैत २६ गते निक्षेप बढेर ५४ खर्ब ३७ अर्ब पुगेको छ । कुल निक्षेपमा वाणिज्य बैंकले संकलन गरेको निक्षेप ४७ खर्ब ९६ अर्ब रहेको छ ।

Prabhu
Crest

त्यस्तै कर्जा प्रवाह सामान्य बढेको छ । एक दिनको अवधिमा कर्जा प्रवाह १ अर्बले वृद्धि  हुँदै ४८ खर्ब २४ अर्ब पुगेको छ जसमा वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जा ४२ खर्ब ७८ अर्ब रहेको छ । वाणिज्य बैंकमा कर्जा प्रवाह सो दिन स्थीर हुँदा विकास बैंक र फाइनान्समा भने १ अर्बले कर्जा प्रवाह बढेको हो ।

सिडी रेसियो ८५ दशमलव ४५ प्रतिशत छ । अन्तर बैंक ब्याजदर ७ प्रतिशत छ । यी दुवै सूचक अघिल्लो दिनको तुलनामा परिवर्तन भएको देखिएन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS