IME Life

महालक्ष्मी लाइफले बीमितको गुनासोलाई गर्यो संबोधन, धनफिर्ता बीमा पोलिसी अनुसार दाबी पाउने प्रतिवद्धता

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ‘महालक्ष्मी वार्षिक धनफिर्ता बीमा’ अन्तर्गत प्राप्त हुने बीमाङ्कको ५ प्रतिशत रकम बीमितको सोझै बीमितको खातामा जम्मा गरिदिन शाखा तथा उपशाखालाई निर्देशन दिएको छ ।

बीमित विनोदकुमार झा ब्राम्ह्ण सहित ११ जनाले बीमा पोलिसी अनुसार बीमाङ्कको ५ प्रतिशत रकम फिर्ता नपाएको भन्दै नेपाल बीमा प्राधिकरणमा उजुरी दर्ता गराएका थिए । बीमा कम्पनीले दोस्रो किस्ता भुक्तानी गर्ने समयमा आफुले पाउनु पर्ने ५ प्रतिशत रकम नकटाइ पुरै बीमा शुल्क मागे पछि उनिहरु आक्रोसित हुँदै प्राधिकरण समक्ष पुगेका थिए । बीमितले लगातार गुनासो गरे पछि इन्स्योरेन्स खवरले शुक्रवार महालक्ष्मी लाइफका ११ बीमित पुगे बीमा प्राधिकरण, धनफिर्ता बीमा पोलिसीमा रकम फिर्ता नपाएको गुनासो शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

Prabhu
Crest

यसरी बीमितहरु प्राधिकरण हुँदै सञ्चार माध्यममै आइपुगे पछि महालक्ष्मी लाइफले सम्पुर्ण शाखा कार्यालयलाई नियम अनुसार भुक्तानी दिएको स्पष्टिकरण दिएको छ । कम्पनीले २०७६ साउन २५ गते नेपाल बीमा प्राधिकरणबाट ‘महालक्ष्मी वार्षिक धनफिर्ता बीमा’ पोलिसी बिक्रीका लागि स्वीकृत पाएको थियो ।

यस पोलिसी अन्तर्गत बीमाङ्कको ५ प्रतिशत रकम, तिर्नुपर्ने बीमाशुल्क भुक्तानी भए पश्चात प्रदान गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । साथै उक्त रकम बीमितले प्रदान गरेको बैंक खातामा सोझै जम्मा गरिने गरिएको कम्पनीले जनाएको छ । बीमितले बीमाशुल्क तिर्न र अभिकर्तालाई नविकरण बीमाशुल्क तिराउन सजिलोको  लागि यदि कसैले उक्त प्राप्त गरिने रकममा समायोजन हुने गरी बीमा शुल्क भुक्तानी गर्न आएमा समेत फरक रकम लिई सहुलियतपुर्ण रुपमा कार्य गरिरहेको जानकारी गराएको छ । केन्द्रिय कार्यालयले यस्तो भन्दै गर्दा शाखा कार्यालयहरुको फरक व्यवहारका कारण बीमितहरु यसरी प्राधिकरण र सञ्चार माध्यमसम्म आइपुगेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS